बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न ।

बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न ।

बालिका सशक्त परियोजना अन्तगत पालिका स्तरिय परियोजना प्रारभ्मिक परिचयात्मक बैठक राजापुरमा आईतवार सम्पन्न भएको छ । राजापुर नगरपालिका प्रमुख दिपेश थारुको अध्यक्षतामा बसेको बैठकमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वय तथा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया को आयोजना गरिएको बैठक मा राधाकृष्ण थारु जनसेवा केन्द्रले संचालनमा ल्याउन थालेको बालिका सशक्त परियोजनाका वारेमा जानकारी गराईको थियो ।

बैठकलाइ समापन गर्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले INGO/NGOहरु गर्ने कार्यक्रम नेपाल सरकार कै भएको ले कार्यक्रमहरु केकस्तो बनाउने कहाँ कहाँ संचालन गर्ने बिसयमा नगरपालिका संग समन्वय गरी लैजानु पर्ने बताउदै,आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुप्रति ध्यान दिई कार्यक्रम बनाउन आवसेक देखीएको बताउनु भएको थियो ।

बालविवाह,आत्महत्या,बिद्यालय छाड्नेको सख्यामा वृद्धि भइरहेको भन्दै नगर प्रमुख थारुले नगरपालिकाले समाजलाई राम्रो बनाउनका लागि शिक्षामा लगानी गर्न खोजेको बताउनु भएको हो । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले स्वागतमन्तव्य दिर्दै संचालनमा ल्याउन थालेको परियोजनाको वारेमा जानकारीगराउदै सम्पुर्ण वालबालिका, किशोर किशोरी तथा युवाहरु साथै विषेश गरी किशोरी र युवा महिलाहरु आफ्नो अधिकारको बारेमा जानकार भई वालविवाह, छिटोविवाह र जवरजस्ती विवाहबाट मुक्त भई स्वतन्त्र रुपमा जिवनयापन गर्न सफल हुने परियोजनाको लक्ष्य रहेको बताउनु भएको हो। बैठकको सहजिकरण गर्दै सामाजिक, राजनीतिक र सांस्कृतिक विभेद उन्मूलन गर्ने, स्वस्थ समाज निर्माण गर्ने, गरिब, कमजोर र सीमान्तकृत समुदायको जीविकोपार्जनमा सुधार गर्ने, प्रकृति मैत्री वातावरण सिर्जना गर्ने उद्देश्य सहित संचालन गरिन थालेको परियोजनाको क्षेत्र शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सुशासन संरक्षण मानवीय कार्य रहेको कार्यक्रम परियोजना संयोजक मनोज पौडेलले जाकारी दिनु भएको थियो ।

३ बर्षिय परियोजनाको कार्यक्षेत्र राजापुर, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिगरी ४वटा पालिकामा सँचालनमा रहेको परियोजनाको यस बर्षका का लागि राजापुर नगरपालिकाका लागी परियोजनाको बजेटः ५९,लाख ७५हजार ,३ सय ६७ रुपैया जानकारी गराईएको थियो । कार्यक्रममा राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजग शाही , वडा अध्यक्षहरु राजापुर नगरपालिकाका शाखा प्रमुखहरु गैरसरकारी सस्थाका प्रतिनिधीहरु पत्रकारहरुको उपस्थित रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com