बर्दियामा मानव वन्यजन्तु सह–अस्तित्वका लागि हात्ती पूजा सम्पन

बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरूको पूजा गरिएको छ। बर्दियामा पाइने एशियाकै ठूलो हात्ती राजागज हराएको स्मरणमा हात्तीसारको चउरमा बनाइएको खमारी (हात्ती बाध्ने खम्बा) स्थलमा विविध कार्यक्रमसहित हात्ती पूजा गरिएको छ। परम्परागत दसैंका अवसरमा हात्तीबाट सुँगुर कुल्चाउने परम्परा अन्त्य गर्दै हात्ती पूजा गुरुवाहरु बाट हात्ती पूजा गरिएको हो । पुजा कार्यक्रममा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले दक्षिण एसियाकै सबै भन्दो ठूलो गजराज हात्ती बर्दियामै रहेको र उक्त गजराज हात्तीको नाममा बर्दिया निकुञ्ज स्थित हात्तीसार नजिकै गजराज स्तम्भ खडा गरिएको स्थानमा प्रत्येक बर्ष हात्तीपुजा हुने गरेको बताउनु भएको छ। उक्त स्तम्भमा थारु गुरुवाहरुबाट पुजा पाठ गरी हात्तीपुजा गरिन्छ ।करिव १५।२० जना गुरुवाहरुले एकै पटक काप्दै जिब्रो छेड्ने गर्दछन भने खाली खुट्टा बलिरहेको आगोमा हिड्ने गर्दछ । थारु गुरुवाको पुजा पाठ पछि सिंगारिएका हात्तीलाई टिका लगाई मिठो मिठो खानेकुरा दिने चलन रहेको छ ।

पहिले पहिले हात्तीबाट सुंँगुुर किचेर हात्तीपुजा गर्ने पुरानो परम्परालाई परिमार्गजन गरी थारु गुरुवाहरुबाट हात्तीको पुजा गर्ने थालनी गरिएको थारु गुरुवाका प्रमुख ठाकुरप्रसाद थारुले जानकारी दिनु भएको हो।

हात्तीपुजा गर्ने परम्पराले स्थानीय पर्यापर्यटनको विकासका लागि प्रमुख भूमिका खेलेको निकुञ्जका प्राकृतिक पथ प्रदर्शक रामबहादुर शाहीले बताउनु भएको हो ।बर्दिया जंगली हात्तीबाट निकै प्रभावित हुने गरेको पाइन्छ ।

जंगली हात्तीले निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले लगाएको अन्नबाली खाईदिनुका साथै घर भत्काईदिने र मानवीय क्षेती समेत गर्ने गरेको पाइन्छ ।विशेष गरी हात्तीको पुजापाठ पछि मानव वन्यजन्तु बीच हुने द्वन्द्व कम हुने र मानव तथा वन्यजन्तु बीच सह अस्तित्व कायम हुने विश्वास साथ पुजा गर्ने गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताउनु भएको छ ।

निकुञ्जको आर्थिक सहयोगमा आयोजित हात्ती पूजा कार्यक्रममा संरक्षणका क्षेत्रमा कामगर्ने विभिन संघ संस्थाहरूको सहकार्य मा हात्ती पुजा’ गरिएको थिए । हात्ती पूजा कार्यक्रममा पर्याटक को समेत उपस्थीती रहेको हुदा पर्यापर्यटनलाई समेत मदत पुग्ने देखीन्छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254