बर्दियाको राजापुरमा लोक नृत्य प्रतियोगिताको आयोजना, निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्ने नगर प्रमुख दिपेश थारुको धारणा

बर्दियाको राजापुरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । संस्थागत विद्यालयको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालयको आयोजनामा आज भव्य लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपेश थारुले निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा चिनाउन सफल भएको वताउनु भयो । नियमित रुपमा यस्ता कार्यक्रम गर्न सके देशमा ठूलो कलाकार स्थानीय स्तरले नै जन्माउन सक्ने सम्भावना रहेको नगर प्रमुख थारुको भनाई छ ।

निजि विद्यालयहरुमा विद्यार्थी संख्या धेरै भए पनि शिक्षकको सेवा सुविधा निकै कम भएको तर शिक्षण शुल्क भने चर्काे लिने गरेको भन्दै समयमै यसप्रति ध्यान दिन नेशनल प्याब्शनलाई आग्रह गर्नु भयो । राजापुरको सन्दर्भमा सामुदायिक विद्यालयभन्दा आधार तथा मा वि तहमा निजि विद्यालयको नतिजा राम्रो देखिएकाले निजि विद्यालयको सिकाई सबै विद्यालयहरुले गर्नु पर्ने र लागु औषध दुव्र्यसनी तथा बालविबाह न्यूनीकरण गर्न सामुदायि तथा संस्थागत दुबै विद्यालयले हातेमालो गर्नु पर्ने वताउनु भयो ।

नेशनल प्याब्शनका केन्द्रीय सदस्य बामदेब न्यौपानेले गुणस्तरीय पढाइसँगै विद्यार्थीका अन्तर निहित प्रतिभाहरु प्रस्फुटन गर्न यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्दै जानु पर्ने र नेपाल सरकारले पनि निजी विद्यालयलाई सामुदायिक विद्यालय जस्तै सुविधा दिन सके अझै शिक्षा क्षेत्रमा योगदान दिने सकारात्मक प्रेरणा मिल्ने वताउनु भयो ।

प्रतियोगितामा मावि तर्फ बर्दिया एकेडेमी एण्ड पोलिटेक्नीक तथा रिसर्च सेन्टर बढैयाताल प्रथम, दोस्रो एडभान्स एकेडेमी राजापुर १० खैरीचन्दनपुर र गोल्डेन फ्युचर एकेडेमी बाँसगढी तेस्रो भएको थियो ।

आधारभूत तह तर्फ राज हिमालयन एकेडेमी बाँसगढी प्रथम, बर्दिया एकेडेमी एण्ड पोलिटेक्नीक तथा रिसर्च सेन्टर बढैयाताल द्वितीय र इलाइट साइनिङ्ग बोर्डिङ स्कुल तृतीय भएको थियो । प्रतियोगितामा लाइट एकेडेमी राजापुर र बाँसगढी युनाइटेड बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना स्थान पाउने विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

बर्दिया जिल्ला नेशलन प्याब्शन अध्यक्ष बुद्ध गिरीको सभापतित्व र एडभान्स एकेडेमी मा विको प्राङगणमा भएको प्रतियोगितामा जिल्लाका १३ विद्यालयले सहभागिता जनाएका थिए ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com