hamro khabar bardiya

बर्दिया गुलरिया नपाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ ।

मंसिर ९ गते बर्दिया गुलरिया नपाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर मा मंसिर ८ गते करिब १० बजे रातिकाे समयमा घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ ।

मृत्यु हुनेमा ७ बर्षिय क्रिस चन्द, करिब १८ महिनाका कार्तिक चन्द, ३२ बर्षिय राधा बुढा र १० बर्षिय मानसिङ बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ। राति करिव १० बजे आगलागी भएको खबर स्थानियले प्रहरिलाई जानकारि गाएका थिए । आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको समेत प्रहरीले बताएको छ । आगलागीको घटना बारे अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारि दिएकाे छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com