नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ ।

साथी खबर राजापुर २०८०-०७-१९ नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ ।

बर्दियाको गुलरियामा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बर्दियाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल शिक्षक संघका संघीय अध्यक्ष गिरीले यस्तो बताउनु भएको हो । शिक्षक महासंघको नेतृत्वमा भएको काठमाडौँ केन्द्रित आन्दोलनमा संघ, संगठनबाट प्रतिनिधित्व गर्ने वार्ता टोलीका सदस्यहरुले व्यक्ति केन्द्रित भएर आन्दोलन तुहाएको र सदस्यता नवीकरण नगर्ने आवाज जिल्ला जिल्लामा घन्काएको आफुले पनि सुनेको भन्दै सहमति पत्रमा ऐनमा समेटिने, नियमावलीमा समेटिने विषयबस्तु र बुँदाहरु स्पष्ट भएकाले आफुले संघ संगठनका सबै शिक्षकको मुख हेरेर अक्षर अक्षर विश्लेषण गरेर हस्ताक्षर गरेकाले नेतृत्वलाई विश्वास गर्न र ढुक्क भएर आम शिक्षकलाई संघको सदस्य बन्न आग्रह समेत गर्नु भएको छ । आन्दोलनमा सहभागी राहत शिक्षक, साविकको उच्चमा वि का शिक्षक, पेन्सन बञ्चित शिक्षक, विद्यालय कर्मचारी, बाल विकास लगायतका नेतृत्वसँग बसेर पक्षीकरण गर्दै सबैलाई वार्तामा समेत सहभागी गराएको स्मरण गराउँदै कहाँ कम्जारो भयो अझै नेतृत्वलाई सुझाव दिन आग्रह गर्नु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय महासचिव ज्ञानेन्द्र बहादुर रावलले आन्दोलनमा सहभागी र जिल्ला, प्रदेशका नेतृत्वसँग छलफल गरी अगाडि बढेको र सिङ्गो संघ तथा संगठनका टिम महासंघलाई खबरदारी गर्न तत्पर रहेको भन्दै सामाजिक संञ्जालमा भ्रामक तथा कपोकलिपत कुरा लेखेर भावनामा नबग्न उपस्थित आठवटै पालिकाका शिक्षकसँग अनुरोध गर्नु भयो । एकै पटक ठूलो संख्यामा दरबन्दी सिर्जना गर्न सरकारलाई दबाब दिन यस पटकको नेतृत्व सफल भएको भन्दै संघीय महासचिव रावलले आफ्नो कार्यक्षेत्रमा अझै राम्रो काम गर्र्दै संगठन विस्तारमा लाग्न आह्वान गर्नु भएको छ । अन्तरक्रियामा बोल्दै संघीय उपाध्यक्ष (महिला) धनकला भण्डारीले शिक्षकले पटकपटक पार्टीहरुमा गरेको त्याग र सहयोग पार्टीका नेतृत्वले बिर्सेको भन्दै आपत्ति जनाउनु भएको थियो । शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलन महासंघको नेतृत्वमा भनिए पनि अगुवाई शिक्षक संघले गरेको, आफ्नो टिम र आम जिल्लाका शिक्षक संघको प्रतिनिधिले गरेको भन्दै शिक्षक संघको जिल्ला स्तरीय कार्यक्रममा पार्टीको नेतृत्व नआउनु र शिक्षकका समस्या प्रति कुनै चाँसो नदिनु दुखद भएको वताउनु भएको थियो । विगतका परिवर्तन र जस्तो सुकै समस्यामा पनि अग्र भूमिकामा रहने शिक्षकको ऐतिहासिक आन्दोलन सफल देखेर धमिलो पानीमा माछा मार्न पल्केका केही शिक्षकले अनर्गल र भ्रामक टीका टिप्पणी गरे पनि सबै शिक्षकलाई नेपाल शिक्षक संघ जस्तो पवित्र र विशाल संगठनको सदस्य बन्न हिचकिचाउन नहुने वताउनु भएको थियो । बर्दिया जिल्ला नेपाल शिक्षक संघका अध्यक्ष माधवराज ढकालको सभाध्यक्षतामा आयोजित कार्यक्रममा लुम्बिनी सहित विभिन्न प्रदेश अध्यक्ष सहित कार्यसमितिका पदाधिकारीहरु, विभिन्न जिल्ला अध्यक्ष तथा पदाधिकारीहरु, स्थानीय तहका महासंघ तथा संघ, ट्रेड युनियन काङ्ग्रेशका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी नेतृत्वसँग विभिन्न पालिकाबाट महासंघ र संघको कार्यसमितिमा रहनुभएका शिक्षक तथा पदाधिकारीहरुले स्थानीय स्तरका गुनासा र अस्पष्टताका बारेमा प्रश्न राख्दै जवाफ माग गर्नु भएको थियो । केही समय अघि मात्रै सरकारले ५२ वर्ष पछि संघीय शिक्षा ऐन ल्यान लागेको र त्यसमा शिक्षकका अधिकार र सेवा सुविधा दवाईएको भन्दै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका स्थानीय तह, जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालय हुदैँ काठमाडौँ केन्द्रित आन्दोलनमा लाखौँ शिक्षक सडकमा उत्रेका थिए । जिल्ला समन्वय समितिको सभा हलमा आयोजित ८ वटै पालिकाका शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा शुभकामना मन्तव्य जिल्ला कार्य समिति उपाध्यक्ष लक्ष्मी पौडेलले र कार्यक्रमको सञ्चालन जिल्ला कार्य समिति सचिव नारायण पौडेलले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com