दाउने तयारी गरिएको धानको कुन्युमा आगलागी भएको छ

बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गोबिन्दपुरमा दाउने तयारी गरिएको धानको कुन्युमा आगलागी भएको छ । स्थानीय फरारु प्रसाद थारुले बटैयामा लगाउनुभएको १ विगाहा क्षेत्रफलमा गरिएको धान खेतीको कुन्युमा आगलागी भएको हो ।

गयराति अन्दाजी १२÷१ बजेतिर धानको कुन्युमा आगलागी भएको हो । आगलागीबाट १ विगाहा क्षेत्रफलको आधा धानभन्दा बढी जलेर नष्ट भएको आगलागी पीडित थारुले जानकारी दिनुभयो । स्थानीय राम कृष्ण थारुले रातीको समयमा उल्टनपुरबाट धान दायर गोविन्दपुर फर्कदै गर्दा धानको कुन्युमा आगलागी भएको देखेपछि थारुको परिवारलाई खबर गरी आगो निभाउन जुटेका थिए । घरको नजिकै रहेको धानको कुन्युमा आगलागी भएपछि मोटरको प्रयोगले आगो निभाउन सहयोग पुगेपछि परिवारलाई केही राहत मिलेको छ । धानको कुन्युमा एक ठाउँबाट मात्र नभई चारै तर्फबाट एकैपटक आगो दन्किएपछि आगलागी कोही कसैले लगाएको हुनसक्ने पीडित परिवारले आशंका गरको छ । आगलागी भएको स्थान झुण्डी स्कुलदेखि करिब ५ सय मिटर पूर्व जाने पक्की सडकको छेउमा पर्दछ ।

पुष्कर काफ्ले

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254