राजापुर वडा न ६ को विकाशका लागी वडा अध्यक्ष दिन रात लागी परेका छन ।

राजापुर नगरपालिका–६ का वडा अध्यक्ष असराज न्यौपानेले विकास निर्माणको काम दशैं–तिहार पछिबाट सुरू हुने बताउनुभएको छ । सडक निमार्ण बाह्रै महिना संचाल भइरहेको पनि जानकारी दिदै उपभोक्ता समिति गठन भएको र ट्रेनिङको प्रक्रिया भइरहेको पनि उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०८०÷०८१ को बजेट मार्फत वडा नम्बर ६ लाई नगरपालिकाले ५१ लाखको बजेट सिलिङ गरेको र प्रदेश र संघीय सरकारले दिएको सहित गरेर कुल २ करोड भन्दा बढी बजेट रहेको उहाँले बताउनुभएको छ । कृषि क्षेत्र विस्तारै आधुनिकीकरण तर्फ उन्मुख हुँदै गएको पनि उहाँले जानकारी गराउनुभयो । साथै उहाँले नगरपालिकाको कृषि शाखा अन्तर्गत कृषकलाई बीउ–बिजन वितरण भएको र यहाँको मुख्य खेती धान र मकै भएकोले कृषिका लागि सिंचाइको कतिपय ठाउँमा अभाव रहेको वैदेशिक रोजगारीका लागि मासिक २–३ जना युवा यस वडाबाट जाने गरेकोले युवालाई स्वदेशमै रोक्ने प्रयास पनि र २ सय बेरोजगारी युवाई रोजगारी प्रदान गरिएको पनि उहाँले बताउनुभयो । वडा कार्यालयको भवन निर्माणका लागि टेन्डर भएर प्रक्रिया अघि बढिसकेको र यस वडालाई सामाजिक न्यायसहितको दिगो र समृद्धि बनाउने योजनामा लागि परेको लागेको पनि उहाँले बताउनुभएको हो । सामुदायिक विद्यालयलाई सुधार उन्मुख साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेको यस क्षेत्रको मुख्य बाली धान, गहुँ, मकै र तोरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ यस क्षेत्रको मुख्य खेती गहुँ र तोरी रहेको छ।’ त्यस्तै उहाँले दुई सय युवायुवतीलाई रोजगार सम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिनुभयो । केन्द्रीय प्रसारण लाइन मार्फत विद्युत वितरण भएको तर व्यवस्थित हुन भने बाँकी रहेको जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेको उहाँको तर्क राख्दै अन्त्यमा निर्वाचनको समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष न्यौपानेको दावी रहेको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com