राजापुर नगरपालिकाका कर्मचारीहरु आन्दोलीत भएका छन ।

संघीय निजामती सेवा ऐनको प्रस्तावित बिधेयकमा स्थानीय तहका कर्मचारीहरुको सेवासुविधा तथा बृत्तिविकासका सम्बन्धमा कुनैपनि ब्यवस्था उल्लेख नभएको सन्दर्भमा राजधानीमा जारी “स्थानीय तह कर्मचारी आन्दोलन“ को पुर्व निर्धारित आन्दोलनको रुपरेखा अनुरुप राजापुर नगरपालिकामा पनि ऐक्यबद्धता जनाउंदै अत्यावश्यक सेवा वाहेक अन्य सबै सेवा प्रवाह बन्द गरि कर्मचारीहरुले अनिश्चितकालीन पेन डाउन गरी धर्ना बसेका छन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरु साविकको निजामति ऐन अनुरुप सेवामा प्रवेश गरेका हौ तर यति विभेदपुर्ण तरिकाले ऐन ल्याई सेवा सुविधा कुँठित हुने गरि प्रथावित विभेद ल्याई आफुहरुलाई विभेद गरेको भन्दै राज्यले आपना मागहरु सम्बोधन नभए सम्म आन्दोलनका कार्यक्रमहरु जारि रहने र यसमा सबैक्षेत्रले एकिबद्धता जनाउने र सरकारले आफना मागहरुलाई सम्बोधन गर्र्न बाध्य हुने भएकाले सबै कर्मचारीहरु लाग्न स्थानिय तहका कर्मचारी तथा राजापुर नगरपालिकाका लेखाअधिकृत बसन्त मल्ले बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै यसै आन्दोलमा करार कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्नेमा सबैको साथ सर्पाेट हुनुपर्ने राजापुर नगरपालिकाका सुचना प्रविधि अधिकृत खुशीराम चौधरीले बताउनुभएको हो ।