नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो भने ६ करोड जनतालाई खान पुग्ने बताउनु भएको छ ।

राजापुर नगरपालिका वडा नं. ३ मा रहेको राजापुर एकिकृत कृषि फर्मको बालि भित्रयाउने कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको अवस्था हेर्ने हो भने ३ महिना पनि खान नपुग्ने देखिन्छ आफुहरुले भात खानकै लागि कुनै पनि व्यक्तिहरु विदेश पलाएन हुन नपरोस भनेर सरकारसँग मिलेर कृषि क्रान्तिको सुरुवात गरेको भन्दै विगतमा जनताका हक अधिकारका लागि ठुलो संघर्ष र बलिदान गरि केहि परिवर्तन गरे पनि जनताले चाहकोे जस्तो समाज परिवर्तन गर्न नदिने,जनताको पक्षमा लड्नेलाई झुठा मुद्दा लगाउने,आफै संघर्ष गरि बाच्छौ भन्दा बाच्न नदिने त्तत्वसंग संघर्षजारि रहेको औल्याउदै नेपालका कम्युनिष्ट एक भएर जनताको सेवामा लाग्नु पर्नेमा जोड दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीको भात्रि संगठन केँिद्रय उत्पादन विभागले राजापुर नगरपालिकामा २६ विघा जमिनमा लगाएको कृषिबालिको अवलोकन तथा धानबालि भित्रयाउदै महासचिव विप्लपले राजनितिक भनेको अर्थतन्त्र र उत्पादनमा अलग भयो भने प्रनिर्भर हुदो रहेछ ,नेता र कार्यक्रर्ता आर्थिक रुपले सवल नभए सम्म असल पार्टि निर्माण हुन नसक्ने र जनताको मन जित्न नसक्ने,नेपालमा प्रशस्त उत्पादनका आधारहरु भएको भन्दै त्यसलाई व्यवहारिक ढङगले प्रयोग गरेर आत्म निर्भर पार्टि निमार्ण गर्ने पाटिको धारणा रहेको बताउनुभएको छ ।

महासचिव नेत्र विक्रम चन्द विप्लप राजापुर आएपछि यहाका विभिन्न कम्युनिष्ट पाटिका नेताकार्यकर्ताहरुले फुलमालाले स्वागत गर्दै समाजवादि र्मोचाले छिटो भन्दा छिटो कम्युनिष्ट पाटिहरुलाई एकिकरण गरि लैजानु पर्नेमा जोड दिएका थिए ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254