बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल

साथी खबर राजापुर

बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । संसदीय चुनाव भए पछि पहिलो पटक संघीय सांसद सँग राजापुरवासीले राजापुरका विविध समस्याको वारेमा छलफल तथा अन्तरक्रिया गरेका हुन् ।

बर्दिया उद्याग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै संघीय सांसद तथा कार्यक्रमका प्रमुख अतिथि चौधरीले यस क्षेत्रको विकासका लागि आफु कतै नचुक्ने भन्दै यहाँका सम्पूर्ण नागरिकहरुको साथ र सहयोग आवश्यक रहेको वताउनु भएको छ । छलफल तथा अन्तक्रिया कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै आफुले निर्वाचनको वेलामा बोलेका प्रतिबद्धतारुहरु मध्ये केही काम सुरु भएको भन्दै बुढीकुलोको व्यवस्थापनका लागि मूल इन्टेकदेखि पाँच ठाँउबाट यसै आर्थिक वर्षदेखि काम सुरु हुने बताउनु भयो ।

लामो समय देखि राजापुरमा अनिर्णयको बन्दी बनेको लालपुर्जा वितरण चाँडो सुरु गर्ने र शुद्ध खानेपानी व्यवस्थापनसँगै आफ्नो कार्यकालमै राजापुरलाई स्मार्टसीटी बनाउने योजना रहेकाले आवश्यकता अनुसार तीनै तहका सरकारको साथ र सहयोगका लागि बर्दिया उद्योग बाणिज्य संघले सकारात्मक भूमिका खेल्नु पर्ने धाराणा राख्नु भयो ।

बर्दिया उद्योगा वाणिज्य संघका अध्यक्ष केदार थापाको सभाध्क्षतामा गरिएको कार्यक्रममा यस क्षेत्रको मुख्य समस्या व्यापारीहरुका लागि राजापुर भन्सार कार्यालय चलायमान हुनु पर्ने, सत्ती पुलको स्पान थप्नु पर्ने, नागरिकता तथा पुर्जा वितरण गर्नु पर्ने लगायतका २५ बुँदे माग सहित ज्ञापन पत्र बुझाईएको थियो ।

कार्यक्रममा बोल्दै वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलले यो क्षेत्रको विकासका लागि एक ढिक्का भएर लाग्नु पर्ने भन्दै संघीय सांसद जिताउँदा जनताले ठूलो अपेक्षा राखेकाले संघीय सरकारबाट बजेट विनियोजन गरी विकासमा टेवा पु¥याउन सांसद चौधरीलाई आग्रह गर्दै स्थानीय सरकारबाट हुने सहयोगमा आफुहरु पछि नहट्ने वताउनु भयो । संघका महासचिव लोकराज ढुङ्गानाले संचालन गरेको कार्यक्रममा व्यापारी, सुरक्षाकर्मी तथा सरोकारवालाहरुको उपस्थितिको रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com