बर्दियाको राजापुर नगरपालिकाको विकाश र्निमाण को प्रगति निराशाजनक ९ महिना वितिसक्दा जम्मा २५ प्रतिश काम

बर्दियाको राजापुर नगरपालिकाको प्रगति निराशा जनक देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनासम्ममा जम्मा करिब २५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो ।

नगरपालिकाभर निर्माणाधिन विकास कार्यहरुमा उचित अनुगमन, मूल्याङ्कन र निकासा नहुँदा समस्या बढेको ठेकेदार र उपभोक्ता समितिहरुले गरेका छन् ।

नगरपालिकाले पछिल्लो समय हात हालेका अधिकांश सडक, पुल पुलेसा लगायतका योजनाहरु अलपत्र परेको देखिएको छ । राजापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष बाबुराम चौधरीले नगरका योजना परेपनि नगरपालिकाले नै अनुगमन गर्न झन्झट गरेको, निकासा दिन समस्या देखाउने गरेकाले समस्या बढेको बताउनु भयो ।

नगरपालिकामा रहेका अधिकांश निर्माणधिन योजना समयमै निर्माण सम्पन्न हुन समस्या नै समस्या रहेकाले गाह्रो देखिएको वडाध्यक्ष चौधरीको भनाई छ । वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले वडाको योजनामा रहेका निर्माण कार्य चालु अवस्थामा रहेको र स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारको सहकार्यमा निर्माण हुने योजना भने ठेक्का सकार भए पछि ठेकेदार सम्पर्क विहिन हुने, काममा ढिलासुस्ती गर्ने, अनुगमनका समयमा प्रभावकारी काम नभएको देखिएका योजनाको भुक्तानीमा समस्या देखिएको वडाध्यक्ष चौधरीको भनाई छ ।

नगरपालिकाले निर्माण कार्यमा लागेका ठेकेदारको सहजताका लागि नगरापलिका नै जमानीमा बसेर पनि सहयोग गरेको उहाँले वताउनु भयो । राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीले कानुन

र प्राविधिक समस्याले समस्या देखिएको वताउनु भयो । नगरपालिकाले योजना निर्माणका लागि ठेकेदार र उपभोक्ता समितिहरुलाई पटकपटक ताकेता गर्दा पनि काम सुस्त गतिमा भएकोले निर्माणधीन योजनालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र गाउँका बडघर समाजसेवीले रचनात्मक भूमिका खेल्नु पर्ने वताउनु भयो ।

राजापुर नगरपालिकामा वडा नं. १, ३ , ६, र ९ को वडाकार्यालय, ३ को आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ८ भोगपुर सुकुम्वासी टोलदेखि कोइली निस्कने पुल, भोगपुर चोकदेखि कोइली चैनपुर जाने बाटो, भवरा चोक देखि भोगपुर निस्कने बाटो राजापुर नगरपालिका र प्रदेश सरकारको सहकार्यमा निर्माणाधिन सपिङ महल अलपत्र अवस्थामा रहेका छन् ।

नगरपालिकाले २ पटकसम्म सूचना गरेर विस्तार गर्ने भनिएको राम मन्दिर देखि प्रविण मेडिकलसम्मको सडक अलपत्र हुनु, राजापुरमा विस्तार भइरहेको विच बजारको भन्सार चोकदेखि राम मन्दिरसम्मको बाटो निर्माण कार्यले समेत विकास निर्माणमा ढिलासुस्ती देखिएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com