बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुरमा महोत्सव आयोजना गरिने भएको छ ।

साथी खबर राजापुर २०८०-०८-२९ बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुरमा महोत्सव आयोजना गरिने भएको छ । समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने मुलनाराका साथ पौष २७ गते देखि माघ ९ गते सम्म राजापुर नगरपालिका वडा नं. ४ को शिव मन्दीर दक्षीण क्षेत्रमा महोत्सव संचालन गरिने विषयमा सर्वपक्षिय छलफल मार्फत जानकारी गराईएको हो ।

बर्दिया उद्योग वाणिज्य संघ, राजापुरका अध्यक्ष केदार थापाले कृषि, औद्योगिक र पर्यटकिय क्षेत्रको विकास तथा प्रर्वधन गर्दै आर्थिक वृद्धि तथा यसक्षेत्रको विकास गरी स्वदेशी उत्पादनको निर्यात प्रवर्दन एवं आन्तरिक बजार सुदृढ गर्ने लक्ष्य लिई महोत्सवको आयोजना गर्न थालेको बताउनु भएको होे ।

समाजमा विकृति फैलाउने ,समाजले नपचाउने खालमा नृत्य प्रर्दशन नगरि यस क्षेत्रको कला संस्कृतिको जर्गना गर्दै स्थानिय कलाकारहरुलाई बढी प्राथमिकतामा राखेर यस क्षेत्रको कृषि, उद्योग, पर्यटनको विकासमा टेवा पुर्‍याई गरिवी न्यूनिकरण गर्नुका साथै स्वावलम्बी बनाई आर्थिक रुपले सक्षम बनाउने उद्देश्य सहित महोत्सवको आयोजना गर्न सहभागिहरुले सुझनव दिएका थिए ।

महोत्सवमा बर्दियामा रहेका धार्मिक पर्यटक स्थल, ओखरिया इन्टेक गणेशथान मंदिर बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरि वाहय तथा आन्तरिक पर्यटकको गन्तव्य बनाउने राजापुर क्षेत्रको इतिहास झल्किने गरि वृत्त चित्र प्रर्दशन गर्न सकेमा महोत्सवको लक्ष्य प्राप्ति हुने समेत बताएका थिए । महोत्सवमा घरेलु उद्योगबाट उत्पादित बस्तु, कृषि उत्पादन तथा जडिबुटी, स्थानीय थारु परिकार तथा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गीत, नृत्य तथा हास्यव्यङ्ग प्रर्दशनी मुख्य आर्कषणको रुपमा रहने महासचिव लोकराज ढ्ङ्गानाले जानकारी दिदै महोत्सव सफल बनाउनका लागि मर्यादित रुपमा प्रचारप्रसार गर्न अनुरोध गर्नू भएको थियो । आज गरिएको सर्वपक्षिय छलफलमा उपाध्यक्ष माधवी केशी,सुनिल दहित,राम प्रसाद श्रेष्ठ, सदस्यहरु तिलक पौडेल,कमला न्यौपाने,बिजीता चौधरी,पुनित गुप्ता,इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख ,ससत्र प्रहरी, प्रमुख, राजीतिक दलका प्रमुख प्रतिनीधि, व्यापारी,बुद्धिजिवि पत्रकारहरुको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com