राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर कमिटीले जेष्ठ कम्युनिष्ट मञ्च गठन तथा सम्मान गरेको छ ।

राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर कमिटीले जेष्ठ कम्युनिष्ट मञ्च गठन तथा सम्मान गरेको छ ।

माओआवी पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउने उद्देश्यका साथ जेष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । राजापुर नगरपालिकाका १० वटै वडालाई समेट्ने गरी भरत किशोर चौधरीको संयोजकत्वमा २९ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ ।

पाटी सुदृढीकरण अभियान अन्तर्गत नगरभरका जेष्ठ कम्युनिष्टहरुलाई नगरका जेष्ठ सदस्य रुद्रराज शर्माको सभापतित्वमा गरिएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा अभियान इन्चार्ज अन्जना चौधरी तथा विशिष्ट अतिथि राजापुरका नगर प्रमुख तथा प्रदेश कमिटी सदस्य दिपेश थारु, रहनु भएको थियो ।

अन्य अतिथिहरुमा वडाध्यक्षहरु, पाटीका आस्थावान समाजसेवी, बुद्धिजीविहरुको उपस्थिति रहेको थियो । नगरपालिका भरका पाटीमा रहेका ६४ जना जेष्ठ नागरिकलाई सम्मान गरेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com