बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा राजापुर नगरपालिकाका १० वटै वडाहरुमा प्रभातफेरी ¥याली र कोण सभा सहितको विभिन्न कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो ।

समाजमा विद्यमान विकृति र विसङ्गतिका विरुद्ध परिवार, समुदाय र राष्ट्रियस्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने राजापुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामचन्द्र चौधरीले बताउनु भयो ।

वडा नं. ९ का वडाध्यक्ष विष्णु प्रसाद चौधरीले अबको आवश्यकता महिला अधिकारलाई सुनिश्चित गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकको व्यावहारिक कार्यान्वयन गर्नु पर्ने पनि बताउनुभएको छ । १६ दिन सम्म भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका १६ वटै वडामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि यातायातमा हुने हिंसा, वालविवाह, बालबालिकामा हुने हिंसा, ट्राफिक सचेतना, अपाङ्गता सम्बन्धि सचेतना, अभिमुखीकरण, चित्रकला प्रदर्शनी, हिंसा विरुद्धका खेलकुदका विजेताहरुलाई पुरस्कार प्रदान गरिने राजापुर नगरपालिकाका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिता थारुले जानकारी दिनु भएको छ ।

राजापुर नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा नेपाल प्रहरी, यस क्षेत्रमा क्रियाशील सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुको समन्वय तथा सहकार्य रहेको थियो । एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजारभन्दा बढी घटना भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसामा घरेलु हिंसाका घटना ८० प्रतिशत रहेका छन् । एक वर्षको अवधिमा घरेलु हिंसाका १६ हजार ५१९, जबरजस्ती करणीका दुई हजार ३८७, जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएका प्रहरीको तथ्याङ्क छ । प्रहरीको तथ्याङ्कअनुसार एक वर्षमा भएका तीन हजार ४०३ यौनजन्य हिंसाका पीडितमध्ये ६३ प्रतिशत अर्थात दुई हजार १७२ बालिका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर कार्यक्रम हुँदैछन् ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com