राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ ।

राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ ।

द्वन्द्वका समयमा श्रीमान् गुमाएका महिलालाई जीवन निर्वाह भत्ता दिदै आएको हो द्वन्द्व क्रममा राज्य र विद्रोही पक्षबाट विभिन्न व्यक्तिहरूलाई बेपत्ता पारिएका छन् । बेपत्ता पारिएको व्यक्तिहरूको अवस्था सार्वजनिक नहुदाँ परिवार अझै पीडा भोग्नु परेको छ । भने कतिपय परिवारले बेपत्ता पारिएका आफ्नो परिवारको सदस्य आउने आशमा रहेको छन् ।

द्वन्द्वको समयमा राजापुर नगरपालिकाको विभिन्न वडाबाट ३४ जना बेपत्ता भएका त्यसमध्ये श्रीमान् बेपत्ता भएर र अर्को विवाह नगरेका १६ जना महिलालाई पालीकाले मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिदै आएको छ ।प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले पालिकाले शहीद तथा बेपत्ता परिवारको जीविकोपार्जन गर्नका लागि गर्त आर्थिक वर्षमा २०७९/०८० मा ३५ लाख रुपैयाँ रकमबाट २० जनालाई दुई दुई वटाको दरले पाडी र १५ जनालाई पाँच वटा बाख्रा र प्रतिपरिवार एक गोठ उपलब्ध गराएको जानकारी दिनुभयो ।

यस वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा बिमा सात लाख , शहीद तथा बेपत्ता परिवारको ३५ लाख र बेपत्ता परिवारको मासिक जिविकोपार्जन भत्ताको लागि १० लाख रुपैयाँ बजेट छुट्टाइएको बताउनु भयो नगरपालिकाकी उपप्रमुख मनकला चौधरीले श्रीमान् बेपत्ता भएका महिलाहरूले विधवा भत्ता नपाउने भएकोले पालिकाले ‘जीवन निर्वाह भत्ता कार्यविधि २०७९’ निमार्ण गरेर भत्ता दिन थालिएको बताउनु भयो । उहाँले गत वर्ष पनि सहिद तथा बेपत्ता जीविकोपार्जन सम्बन्धी कार्यक्रम गरिएको थियो, त्यसलाई यस वर्ष निरन्तरता दिएको बताउनु भयो । राजापुर नगरपालिकामा शहीद तथा बेपत्ता परिवारको गरी एक सय सात जना रहेका छन् ।जसमा शहीद ७३ जना र बेपत्ता ३४ जना रहेका छन् ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com