स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ ।

हाम्रो खबर बर्दिया २०८०-०७-१६ स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ ।

राजापुर नगरपालिकाको समन्वयमा एक्सन एड नेपालको सहयोग र कमैया महिला समाज नेपालद्वारा सञ्चालित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । बालबालिकाहरुद्वारा विद्यालयबाटै पढ्दै कमाउदै कसरी गर्न सक्छन् र उनीहरुलाई व्यवसायिक तथा आत्म निर्भर बनाउन सानैदेखि प्रयत्न गर्नुपर्ने र क्षमता अनुसारको सीप सिकाएर अभिभावकदेखि विद्यालयसम्मको सकारात्मक भूमिका हुनु पर्ने कार्यक्रमका सहजकर्ता जनचेतना मा वि बड्डी चौर सुर्खेतका प्र .अ नारायण सिग्देलले वताउनु भएको छ ।

नगरपालिका भरका बालवालिका प्र .अ, विव्यस अध्यक्ष, विद्यार्थी, विभिन्न संघ संस्थाको सहभागिता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले यो क्षेत्रमा पढ्दै र कमाउदै कार्यक्रम निकै उपलब्धी मूलक हुने बताएका थिए ।

कमैया महिला समाज नेपालका अध्यक्ष विरणी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन खुशीराम थारुले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com