बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०७-१५ बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँ अघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा ढिलाइ भए पनि हाल नियमित रूपमा प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

नेपालगन्ज धनगढी त्र mमशः धान खरिद सुरु हुने कम्पनीले जनाएको छ । राजपुरका पाँच ठाउँमा खरिद केन्द्र राखेर धान खरिद भइरहेको छ । तराईका जिल्लामा धान ढिला पाक्ने हुँदा अन्य जिल्लाबाट खरिद प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका बिक्री प्रमुख भीम थापाले यो वर्ष समयमै किसानलाई राहत दिन सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार धान खरिद सुरु गरिएको जानकारी दिनुभयो ।

यो वर्ष ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । धान खरिद गर्न एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपियाँ छुट्याएको कम्पनीले जनाएको छ । “विगतका वर्षमा खरिद प्रक्रिया ढिला हुँदा लक्ष्य अनुसार खरिद गर्न सकेनौँ,” उहाँले भन्नुभयो, “यस वर्ष समयमै सुरु भएकाले लक्ष्य अनुसार धान खरिद गर्न सक्ने अनुमान गरेका छौँ ।” समर्थन मूल्यमा धान खरिद गर्न किसानलाई राहत पुग्ने उहाँको भनाइ छ । सरकारले चालु आवका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ तोकेको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com