अस्फाल्ट’ प्रविधिमा कालोपत्र सडक निर्माण भएपछि व्यवसायी हर्षित बनेका छन ।

बर्दियाको विकट मानिने गेरुवा गाउँपालिकामा ३ शान्तिबजारमा ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र सडक निर्माण भएपछि व्यवसायी हर्षित बनेका छन ।

बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक भएर हैरान खेपेका बजारबासी दशैँ अघिनै सडक पक्की भएपछि हर्षित बनेका हुन । अस्फाल्ट प्रविधि बलियो, टिकाउ हुने भएकोले विकट क्षेत्रमा समेत यस्तो सडक पाउँदा व्यवसायीहरु हर्षित भएको शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष जमान सिंह कडायतले गेरुवा अपडेटलाई बताउनुभयो । प्रदेश सरकारको बजेटमा अमर– बर्दिया ब्ल्याक बक जेभीले राजापुर रिङ्गरोड अन्तगत सडक पक्की बनाएको हो ।

करिब साढे २१ करोड रुपैँयाको लागतमा गेरुवा ३ बनकट्टी देखि गेरुवा १ जनकनगरसम्म १२ किलोमिटर सडक कालोपत्रेको तयारीमा रहेको छ । २०७९ असार २० गते सम्झौता गरेको निर्माण कम्पनीले २०८१ असार २० गतेसम्म कार्यसम्पन्न गरिसक्नुपर्ने छ । के हो अस्फाल्ट प्रविधि ? पछिल्लो समय सडक निर्माणमा धेरै सुनिएको र धेरै प्रयोग नभएको प्रविधि हो, अस्फाल्ट कंक्रिट प्रविधि । यो प्रविधिबाट मुख्य २ तरिकाबाट सडक पिच हुन्छ ।

सडकमा भएको कालोपत्र पूरै निकालेर नयाँ हाल्ने र रसायनहरु थपि अझ बलियो बनाउने गरी भइरहेको कालोपत्रेमाथि पुनः कालोपत्रे गर्ने । यो अमेरिकी प्रविधि हो ।

यो प्रविधि महंगो भएकाले भारतमा पनि बल्ल अहिले बढी अस्फाल्ट सडक बनाउन थालिएको हो । अस्फाल्ट गरिएको सडक बढी टिकाउ मानिन्छ । यो प्रविधिबाट सडक बनाउँदा सतह मिलाउनुपर्छ । दैनिक ३ सयभन्दा बढी गाडी गुड्ने ठाउँमा अस्फाल्ट गर्न संघीय भौतिक पूर्वाधार मन्त्रालयले भनेको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com