संविधान सभा सदस्य स्व. राम चरण थारुको ८ औँं स्मृति दिवस आज एक कार्यक्रम गरि गेरुवामा मनाइएको छ ।

संविधान सभा सदस्य स्व. राम चरण थारुको ८ औँं स्मृति दिवस आज एक कार्यक्रम गरि गेरुवामा मनाइएको छ । राम चरण स्मृति प्रतिष्ठान नेपाल, गेरुवा ५ पशुपतिनगर बर्दियाले गेरुवा १ जनकनगरमा सोमबार आयोजना गरेको स्मृति दिवसमा बोल्ने अधिकांश वक्ताहरुले उहाँको सरल स्वभावको खुलेरै प्रसंसा गरेका थिए । कार्यक्रममा पूर्व वन तथा भुमिसुधार मन्त्री समेत रहनुभएको स्व. राम चरण थारुको फोटोमा माल्याणपण गरि फुलगुच्छा अपर्ण गरिएको थियो ।

स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष एवं बारबर्दिया नगरपालिकाका निवर्तमान मेयर दुर्गा बहादुर थारु (कविर) ले पूर्व मन्त्री स्व. थारुको स्मरण गर्दै उहाँले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । उहाँले स्व. राम चरण थारु उत्पीडित वर्गको आदर्श नेता भएको बताउँदै उहाँ इमान्दार र कर्तव्यनिष्ट नेता भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य विश्वराज थारु (शिशिर) ले २०४६ सालको जनआन्दोलन भन्दा पहिले देखिनै यस क्षेत्रको संगठन र संघर्षमा राम चरण थारुको उच्च योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य बेगराज थारु, काशिल्या मेमोरियल हस्पिटल नेपालगंजका संचालक चन्द्र बहादुर महत्तो, नेकपा माओवादी केन्द्र गेरुवा गाउँपालिका कमिटी अध्यक्ष दयाराम वैद्य (थारु), उपाध्यक्ष तिलकराज थारु, सचिव नरेन्द्र प्रसाद पौडेल लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । राम चरण स्मृति प्रतिष्ठान नेपालका महासचिव राजेन्द्र प्रसाद चौधरीको सभाध्यक्षमा भएको कार्यक्रमको संचालन राम चरण स्मृति प्रतिष्ठान नेपालका सदस्य कृपालाल थारुले गर्नुभएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com