बर्दियाको राजापुरमा थारु समूदायले धुमधामसँग गुरिया पर्व मनाएका छन्

साथी खबर राजापुर बर्दियाको राजापुरमा थारु समूदायले धुमधामसँग गुरिया पर्व मनाएका छन् ।

राजापुर नगरपालिका वडा नं. ३ मा रहेको जीवनउद्धार सर्पदम्स तथा झारफुक प्राथमिक उपचार समितिका अध्यक्ष कुलराम थारुको अध्यक्षतामा आज धुमधामका साथ नाग देवताको उपचार गरी गुरिया पर्व मनाएका छन् ।

सर्प, बिच्छी लगायतका विषालु जीवले टोकेमा परम्परागत रुपमा झारफुक गरी मानिसको जीवन उद्धार गर्ने गरेको जीवनउद्धार सर्पदम्स तथा झारफुक प्राथमिक उपचार समितिका अध्यक्ष कुलराम थारुले वताउनु भयो ।

यस्तै टेडियाका गुरुवा दुहाना थारुले यस क्षेत्रमा सपले टोके गुरुवा भूईहार, वैद्यको समूहले मिलेर झारफुक गरेर निको पार्ने गरेको वताउनु भयो । ठूला ठूला अस्पतालका पढेलेखेका डाक्टरहरुले पनि ग्यारेन्टीका साथ उपचार गर्न नसक्ने र आफुहरुलाई सोधपुछ गर्ने गरेको जानकारी दिनु भयो ।

आफुहरु निःस्वार्थ रुपले मानव सेवामा दिन रात नभनी खटिदा पनि राज्यले आफुहरुको भूमिकालाई मूल्याङ्कन गर्न नसकेको गुनासो राजापुर नगरपालिका वडा नं. ३ मुरैयाका थारु गुरुवा जगतराम थारुले गुनासो गर्नु भयो ।

गुरुवा केशौका वैदवाहरुले गर्ने पूजाको व्यवस्थापन गरेका समाजसेवी मोतीराम थारुले विभिन्न तन्त्रमन्त्रको माध्यमबाट उपचार गर्ने र गुरुवालाई विष नलागोस भनेर पूजापाठ गर्ने गरेको वताउनु भन्दै सरकारले डाक्टरहरुलाई बैधानिकता दिए झै गुरुवाहरुलाई बैधानिकता दिएर अगाडि बढाउन सके सर्पदम्सको उपचारमा सहज हुने वताउनु भएको थियो । मुरैयामा भएको कार्यक्रममा वडा नं. ३ को वडा सदस्य आशा दहितले गुरुवालाई बैधानिकता दिनु पर्ने भन्दै आफुले जनप्रतिनिधिले खेल्ने भूमिका सधै सकारात्मक हुने वताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com