राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित, जीर्ण भौतिक संरचना मर्मत सम्भारमा सरोकारवाला मौन ।

बर्दियाको राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित हुँदा पनि सरोकारवाला मौन बसेका छन् ।

मिन प्र अधिकारी 

वि. स. २०४२ सालमा निर्माण सम्पन्न भएर राजापुर बजार, शान्तिपुर, टेडियासम्म विस्तार गरिएको खानेपानी सेवा उचित मर्मत सम्भार नहुँदा खानेपानी संस्थान बन्द भएको हो ।

सरकारले शुद्ध पिउने पानीलाई मौलिक हकमा राखे पनि सञ्चालनमा रहेको खानेपानी बन्द हुनु, राजापुर क्षेत्रका विभिन्न ठाउँमा नयाँ नयाँ खानेपानीका ट्याङकी निर्माण गरिए पनि अलपत्र हुनु, पुरानो र सबैभन्दा धेरै उपभोक्ता भएको राजापुर खानेपानी बन्द हुनु नै बिडम्बनाको विषय भएको छ ।

 

राजापुर खानेपानी सरसफाई तथा उपभोक्ता समितिका सचिब कृष्ण रेग्मीले खानेपानीको समस्या लिएर खानेपानी मन्त्रालय, विभाग, स्थानीय सरकारसँग पटकपटक धाउदा पनि कुनै उपाय नलागेको वताउनु भयो । लुम्बिनी प्रदेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ थारु, राजापुर क्षेत्रबाटै उपसभामुख बन्नु भएकी कृष्णी थारु, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरी, प्रदेश खानेपानी मन्त्री कृष्णा के सी नमूना, राजापुरको दुई पटकसम्म स्थानीय सरकारको नेतृत्व सम्हालेको नेकपा माओवादी केन्द्रका निवर्तमान मेयर शिव प्रसाद थारु, मेयर दिपेश थारु, उपमेयर मनकला कुमारी चौधरी, वडाध्यक्ष, विभिन्न पार्टी सम्बद्ध प्रमुख प्रतिनिधि, अध्यक्षहरु आएर झुठ्ठा आश्वासन मात्रै दिने र कुनै सहयोग नगरेकाले खानीपानी बन्द भएको हो ।

विकासको अनिवार्य पूर्वाधारमा पर्ने राजापुरको खानेपानी ९ महिनासम्म बन्द हुँदा पनि यसै क्षेत्रका जनताबाट मत पाएर चोक चौराहामा भाषण गर्दै विकासको लहर आएको फलाक्ने नेताहरु मन्त्री, उपसभामुख, मेयर, वडाध्यक्ष भए पनि खानेपानीको समस्या जिउकात्यु रहेको अध्यक्ष नेत्र प्रसाद सोतीले वताउनु भयो ।

सञ्चालनका लागि कतै कुनै ठाउँबाट सहयोग नपाउँदा खानेपानी समिति निष्कृय रहनु र विद्युतको लाइन समेत काटिनु लज्जाको विषय भएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254