सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मा वडा कार्यालयले लगानी गर्ने, लगानी अनुसारको प्रतिफल दिनु पर्ने वडाध्यक्ष चौधरीको भनाई, ।

राजापु्र नगरपालिका वडा न .२ मा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसँगै प्रतिभा प्रस्फुटन कार्यक्रममा वडाले लगानी गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २ का वडाध्यक्ष रामचन्द्र चौधरीले वताउनु भएको छ ।

२ नम्बर वाड कार्यालयले बिभिन समयमा बिद्यालयलाइ सहयोग गर्दै आएको जनाउदै बिद्यालयले राम्रो प्रतिफल दिन नस्कनु को पछाडि बिभिन चुनौतिहरु रहेको बताउनु भएको हो ।राजापुर नगरपालिका वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय मा वि नयाँगाउँमा ५वटा विद्यालयलाइ एकै ठाउमा रखेर गरिएको नृत्य प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्दै वडाध्यक्ष चौधरीले पठनपाठनसँगसँगै बालबालिका भित्र रहेको अन्तर निहित प्रतिभा प्रस्फुटन गर्न आयोजित कार्यक्रममा वडाले वार्षिक रुपले लगानी गर्ने धारणा राख्नु भयो ।

विद्यालयले आजै नगरपालिकाले गरेको दरबन्दी मिलानका क्रममा सरुवा भएर जानु भएका शिक्षकहरुलाई फेरी भेर्टौला कार्यक्रम समेत राखिएको थियो ।

कार्यक्रममा विशिष्ट अथितिको आशनबाट बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन कुमार चन्दले विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाटै असल कुरा सिकेर समाजमा समयानुकुल नागरिक बन्ने भएकाले यस्ता कार्यक्रमहरु निरन्तर विद्यालयस्तरीय वडास्तरीय र पालिका स्तरीय हुनु पर्ने धारणा राख्नु भयो ।

आज आयोजित नृत्य प्रतियोगितामा सहभागी वडाका ५ विद्यालयहरु मध्ये श्री नेपाल राष्ट्रिय मा वि नयाँगाउँ प्रथम, ज्ञानदीप प्रावि सोहरीया द्वितीय र नवज्योति प्रावि नयाँगाउँ तृतीय भएका थिए । सहभागी प्रतिस्पर्धी विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिले शैक्षिक सामग्रीहरु पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष तथा विद्यालयका प्रअ मोहन सिग्देलले विद्यालयमा नियमित शुक्रबारे कार्यक्रम गरिने र आगामी दिनमा वडाको अगुवाईमा वडाभरका ५ सामुदायिक विद्यालयहरुको शैक्षिक लगायतका अन्य प्रतियोगिताहरु आयोजना गर्नु पर्ने भन्दै विजेता विद्यार्थी तथा अन्य विद्यालयबाट आउनु भएका शिक्षकहरुलाई धन्यवाद दिदैँ कार्यक्रम समापन गर्नु भएको थियो

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com