बर्दियाको राजापुरमा संचार क्षेत्रमा कलम चलाउने ४ जना पत्रकार सहित उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित।

मिन अधिकारी,

बर्दियाको राजापुरमा संचार क्षेत्रमा कलम चलाउने ४ जना पत्रकार सहित उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित। आत्म सन्तुष्टि सहित काममा थप उर्जा थपिने उपप्रमुख चौधरीको भनाई ।

बर्दियाको राजापुरमा रहेर लामो समयदेखि संचार क्षेत्रमा कलम चलाउदै आएका चार पत्रकारलाई सम्मान गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ८ ले वडामा रहेका उत्कृष्ट काम सम्पादन गर्ने कर्मचारी र प्राकृतिक स्रोत साधन र पर्यटन तथा प्रवर्धनबारे समाचार संकलन गरी प्रकाशन प्रसारण गरेका पत्रहरूलाई सम्मान गरेको हो ।

राजापुर नगरपालिकका उपप्रमुख तथा प्रमुख अतिथि मनकला कुमारी चौधरीले राजापूर क्षेत्र हरेक कुराले पूर्ण रहेको बताउँदै यहाका सम्भावना, प्राकृतिक श्रोतको संरक्षण तथा प्रबंधन गर्न सके धेरै कुरामा राजापूर क्षेत्र अगाडी बढ्न सक्ने कुरामा जोड दिनु भएको हो । सम्मान ले आत्मसुन्तुष्टी दिने गर्छ ’ काम गर्ने थप उर्जा प्रदान गर्ने भएको हुदा यो एकदमै महत्वपूर्ण सह्रानीय रहेको चौधरीले बताउनु भएको छ ।

सम्मान कार्यक्रममा आफ्नो धारणा राख्दै राजापुर नगरपालिकाका प्रशासकीय अधिकृत दशरथ बुढा ले वडा नं ८ ले गरेको कामको प्रशंसा गर्दै विकाश निर्माण कार्यमा सबैको महत्वपूर्ण भूमीका रहने हुदा सबैको हातेमालो जरुरी रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघ वर्दिया शाखाका अध्यक्ष यादव आचार्य स्थानिय कलासंस्कृती ’ विकाश निर्माण र समाजलाई सुसुचित गराउने खालक समाचार बनाउने प्रशारण गर्ने संचारकर्मीहरुलाई सम्मान गर्दा संचारकर्मीहरुमा काम गर्ने थप उर्जा तथा हौसला प्रदान हुने भएकाले यस्ता कार्यक्रम पालिकाले पनि बनाउनु प्रर्ने बताउनु भयो ।

वडा कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुमा वडासचिव सिर्जना अधिकारी, स्वास्थ्य सेवामा विवेक अधिकारी, सीता शर्मा, कर्मचारी आशिष थारु, कार्यालय सहायक कालुराम थारु, माधुरी थारु र पत्रकारहरुमा रेडियो साथी एफ एमका स्टेशन म्यानेजर तथा हारा्रो खबर बर्दिया अन्लाइन का प्रकाशक मीन प्रसाद अधिकारी, इमेज टेलिभिजा बर्दिया सम्बादाता तथा रेडियो राजापुर प्रमुख केशब कोइराला, केठियाघाट साप्ताहिक मा प्रकाशक विक्रम कायस्थ, भौरा टप्पा बुलेटिनका प्रकाशक ऋषि वाग्लेलाई राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले संयुक्त रुपमा सम्मान पत्र दोसल्ला र पित्तलको करुवा प्रदान गर्नुभयो थियोे ।

कार्यक्रमम आफ्नो धारणा राख्दै कार्यपालिका सदस्य वडा सदस्य कृष्णादेवी ढुङ्गानाले संचारमाध्यम मा काम गर्ने संचारकर्मी लाई सम्मान गर्ने काम वडा नं ८ ले सह्रानीय काम गरेको बताउनु भयो । सम्मान कार्यक्रममा कार्यालयका उत्कृष्ट काम गर्ने कर्मचारी र संघ संस्थालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमलाई समापन गर्दै विभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरूहरुमा काम गर्ने थप ऊर्जा मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको वडा नं ८ का वडा अध्यक्ष राजेश थारुले बताउनुभयो । वडा नम्बर ८मा रहेका सांस्कृतिक प्राकृतिक र पर्यटकीय क्षेत्रहरूको समाचार संकलन एवं प्रचारप्रसार गरी समाज लाई शुसुचित गराएका स्थानिय पत्रकारहरु सम्मानित भएको धारणा राख्दै थारुले कार्यक्रम समापन गर्नु भएको थियो । राजापुर नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष राजेश थारुको सभाध्यक्षमा सम्पन्न भएको सम्मान कार्यक्रममा राजापूर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, राजापूर नगरपालिकाका प्रशासकीय अधिकृत दशरथ बुढा,स्वास्थय शाखा प्रमुख गणेश अर्याल नेपाल पत्रकार महासंघ वर्दिया शाखाका अध्यक्ष यादव आचार्य रेडियो नेपालका बर्दिया सम्बादाता संजय आचार्यल गायत जनप्रतिनीधी एवम संचारकर्मीहरुको उपस्तिथि रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254