बर्दियाको भौरा क्षेत्रमा विद्युत अनियमित हुदाँ स्थानीयलाई समस्या ।

बर्दियाको भौरा क्षेत्रमा विद्युत अनियमित हुदाँ स्थानीयलाई समस्या भएको छ । प्रचण्ड गर्मी भएसँगै राजापुर क्षेत्रको विद्युतमा नियमित हुन नसक्दा स्थानीय समस्यामा परेका हुन् । विहानैदेखि वढेको गर्मीले विद्यालयमा बालबालिका, घरमा रहने जेष्ठ नागरिक, स्थानीयलाई समस्या परेको छ ।

बत्ती नियमित नभएर आउने र जाने हुँदा विद्युतिय सामान समेत धेरै विग्रने गरेको स्थानीयको गुनासो छ । राजापुरमा कुनै एक ठाउँमा विग्रेको विद्युत लाईन बनाउन आवश्यक ठाउँमात्र बत्ती काट्नु पर्नेमा अनावश्यक ठाउँमा पनि बत्ती काट्ने गर्दा स्थानीय समस्यामा परेको स्थानीयको गुनासो छ । विद्युत गएपछि कहाँ कसरी के भयो भन्दा राजापुर वितरण केन्द्रका कर्मचारीले गैह्र जिम्मेवारी पूर्ण उत्तर दिने गरेको राजापुर नगरपालिका ३ का विष्णु चौलागाईले वताउनु भयो । नयाँ मिटरका लागि निवेदन दिएर हप्ता दिन कुर्दा पनि पालो नआउने गुनासो स्थानीयको छ । राजापुर वितरण केन्द्रका प्रमुख अनिल चौधरीले अहिले गर्मीको समयमा देशैभर विद्युत अनियमित भएको र सबै तिरबाट विद्युत सहज बनाउने पहल भइ रहेको वताउनु भयो । माग अनुसारको विद्युत आपूर्ति हुन नसक्दा लोड बढेर सिष्टम नै विग्रने हुँदा प्रक्रिया मिलाएर वितरण केन्द्रहरुले लम्की, टीकापुर, भजनी, राजापुरमा विजुली काटेर प्राविधिक रुपमा मिलाउने गरेको प्रमुख चौधरीको भनाई छ । प्रायः ३३ केभीको लोड बढी भएकाले समस्या आएको र आफू स्थानीय सेवाग्राहीको सेवा सुविधाका लागि दिनरात योजनावद्ध रुपमा लागि परेको बताउनु भयो । राजापुर नयाँ शाखा भएकाले पनि कर्मचारीको अभावका कारण पनि सेवा प्रबाहमा केही ढिलाई भएको हुन सक्ने भन्दै सेवा प्रवाहलाई व्यवस्थित गर्दै लैजाने भनाई राख्नु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254