बर्दियाको राजापुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको छ ।

बर्दियाको राजापुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको छ । नगरपालिकामा विकराल समस्याका रुपमा बढ्दै गएको बालविवाह, बाल श्रम, लागुपदार्थ दूव्र्यसन विरुद्ध अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरका विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको हो ।

पछिल्लो समय सामाजिक विकृतिको रुपमा बढ्दै गरेको आत्महत्या, लगायतका समस्याहरु भुसको आगो झैँ बढेको भन्दै विद्यार्थीहरुमाझ इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले यस्ता समस्याको असर तथा कानुनी उपचारका बारेमा जानकारी दिनु भएको थियो ।

विद्यार्थीहरुको उमेर नै अरुले भनेको कुरा र लहैलहैमा लाग्ने समय भएकाले समयमै सचेत रहनु पर्ने भन्दै बालविवाह, बाल श्रम, बाल हिंसा, लागुपदार्थ दूव्र्यसनका बारेमा सचेतना जगाउने काममा सक्रियताका साथ लाग्नु पर्ने र प्रहरी लगायतका संघ संस्थासँग सहकार्य गर्नु पर्ने धारणा डिएसपी बोहराले राख्नु भएको थियो ।

राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरीले विद्यार्थीले समाजमा आफूले पढेका र सिकेका ज्ञानबाट बाल विबाह, बाल हिंसा, बाल श्रम जस्ता, सामाजिक विकृतिलाई हटाउन महत्वपूर्ण भूमिका खेल्ने वताउनु भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, प्रहरी सहायक निरीक्षक शालिकराम न्यौपाने लगायतको उपस्थिति रहेको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता चौधरीले सहजीकरण गरेको अभिमुखीकरण कार्यक्रममा सहभागि विद्यार्थीहरुले सामाजिक विकृति हटाउन आफुहरु सक्रिय हुने प्रतिबद्धता जनाएका छन् ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com