बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ भित्रका बाटो र चोकहरुको नामकरण गरिने भएको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ भित्रका बाटो र चोकहरुको नामकरण गरिने भएको छ । पुरानो इतिहास झल्किने,प्राचिन पहिचान झल्कने गरि चोक र बाटोको नामाकरण गर्न लागिएको हो । बरघर मार्फत प्रत्येक टोल÷टोल,र समुदायमा गएरबस्तु स्थीती बुझी नामाकरण गरिने वडा अध्यक्ष राजेश थारुले बताउनु भएको छ ।

इतिहास पहिचान ,प्राचिन पहिचान झल्कने गरी पहिचान गर्न बजेट बिनियोजन गरेर वडा नंं८लाई चिनाउन पनि नामाकरण आवश्यक रहेको भन्दै जनतासँग जनप्रतिनिधि कार्यक्रममा उठेका विषयबस्तु माथी प्रकाश पार्नु भएको थियो । अध्यक्ष थारुले विकास निमार्ण र जनताको लागी र्निवाचित भएकाले जनताको काम गर्न वडा कार्यालय र आफु पछि नहटने र गाउँघर बाट बडघरहरुले ल्याएको योजना अनुसार काम गर्ने बताउनुभएको हो । बडघर र जनप्रतिनिधि बिचको कार्यक्रममा कार्यपालिका सदस्य ,वडा सदस्य,वडा सचिव,स्वास्थ्यकर्मी, पत्रकार बडघरहरुको उपस्थिति रहेको थियो ।

वडा नं. ८ को कार्यालयमा गरिएको अन्तरक्रिया कार्यक्रममा बडघरहरुले सामुदायिक भवनको अभाव,लालपुर्जा नपाएको,विपतको पुर्वअनुमानमा आधारित १५ हजारको विवाद समुदायमा हुने, उपभोक्ता समितिले गर्ने कामको श्रमदानको कमी, विधुतको पोल विस्तार हुन बाकी रहेको लगायतका विषयहरुको उठान गर्दै वडा कार्यालयले गरेको काम प्रभावकारी भएको र आगामी दिनमा पनि राम्रो गर्न बडघरहरुले सुझाव दिइएका थिए । कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव सिर्जना अधिकारीले गर्नु भएको थियो भने कार्यक्रम संचालन पत्रकार मिन प्रसाद अधिकारीले गर्नुभएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com