राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चदारा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम राजापुरमा सम्पन ।

राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अबसरमा ३० वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम राजापुरमा सम्पन गरेका छन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अथिति सबिधान सभा सदस्य तथा पुर्ब मन्त्री तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी निर्देशक डा गोपाल दहितले हालको समसामयिक अर्थतन्त्र र वित्तीय जगतको अवस्था बारे बृहत अबस्था हालको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिलाई खण्डन गर्र्दै उपस्थितिलाई वित्तीय जागृत भएर कर्जाको सहि सदुपयोग गर्न पनि आग्रह गर्नु भएको थियो ।

३६५ जनाको उपस्थिति रहेको अभियान ले राजापुरका बिभिन बजारहरु टपरा ,राजापुर,बालाबजारमा रयाली सहित बजार परिक्रमा गरेर वित्तीय जागरण कार्यक्रम सम्पन गरेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक तथा मन्चका अध्यक्ष श्री पहरामा जैसिको सभापतित्व भएको कार्यक्रमको प्रमुख आतिथी सबिधान सभा सदस्य तथा पुर्ब मन्त्री तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी निर्देशक डा. गोपाल दहित रहनु भएको थिए भने अन्य अतिथिहरुमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कोहलपुरका नायव प्रमुख कार्यकारी अधिकृत राजकुमार पोखरेल, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक किरण प्रसाद न्यौपाने, उपकार लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कोहलपुरका सहायक प्रबन्धक चित्र बहादुर भन्डारी साथी एफ एमका अध्यक्ष बिश्वमान प्रधान राजापुर क्षेत्रका

सम्पूर्ण बैँक तथा बित्तीय संस्थाहरुका शाखा प्रमुख विभिन्न संघ संस्थाका ब्यक्तिहरु, बिभिन्न लघुवित्तका अनुगमन अधिकृत राजापुर नगरपालिका र गरुवा गाउपालिका सरोकारवालाहरुको उपस्थीति रहेको कार्यक्रममा कर्मचारीहरुले सरकारले हामी कर्मचारीले केहि बोल्दा कर्मचारीबाट गलत ब्यबहार भयो, राष्ट्र बैंकले कर्मचारीको हितमा केहि बोलेन र सरकार कर्मचारीको सुरक्षाको बिषयमा मौन रहेकाले यो रयाली गरिएको जानकारी दिएका थिऐ । हिमालयन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक प्रदिप पनेरुले कार्यक्रम बारे प्रकाश पार्नुका साथै बचत किन आवश्यक छ र किन बचत गर्नेबारे छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय मानपुर टपराका शाखा प्रबन्धक निरुता सिंह र कर्जा सदुपयोगिता र दुरुपयोग हुदा के हुन्छ भन्ने बिषयमा उपकार लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय मानपुर टपराका शाखा प्रबन्धक दिलसरा थापाले प्रकाश पार्नु भएको थियो हो । कार्यक्रमको स्वागत मन्तव्य इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय शान्तिबजारका शाखा प्रबन्धक सन्जिता कुमारी चौधरीले गर्नु भएको कार्यक्रमको संचालन समाजसेबि भुबन ढकालले गर्नुभएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254