राजापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बन्द हुने अवस्थामा पुगेको छ ।

राजापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बन्द हुने अवस्थामा पुगेको छ । वि स २०४२ सालमा निर्माण सम्पन्न भएर राजापुर क्षेत्रका स्थानीयलाई शुद्ध खानेपानी पुयाउने उद्देश्यले सञ्चालन गरिएको खानेपानी संस्था समयमै उचित मर्मत सम्भार र वजेटको अभावले बन्द हुने अवस्थामा पुगेको हो ।

राजापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नेत्र प्रसाद सोतीले आफू भन्दा अगाडीका अध्यक्षको समयमा रहेको विद्युतको बाँकी बक्यौता १२ लाख तिरेर सञ्चानलको हर सम्भव प्रयास गरे पनि केही गरेर पानी चलाउन नसकेको बताउनु भयो । सुरुमा विस्तार गरिएको पानीको पाइप लाईन कुहिएर जीर्ण भएको र मर्मत गरेर पनि कुनै सम्भावना नदेखिएको दुखेसो अध्यक्षको छ ।

अध्यक्ष सोतीले आफू कार्य समितिमा आए पछि सञ्चालनको माग गर्दै विभिन्न विभागमा पुगेको र १८ करोडको डिपिआर निर्माण गरेको जानकारी दिनु भयो । स्थानीय सरकारले खानेपानी सञ्चालनका लागि पहल गर्ने भन्दै नगर प्रमुख दिपेश थारुले ११ प्रतिशत रकम नगरले दिने प्रतिवद्धता जनाए पनि आवश्यक पर्ने ढिक्का बजेट प्रदेश र संघीय सरकारबाट आउन नसकेकोले आफुहरु समस्यामा परेको जानकारी दिन प्रदेश भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरी र पौष २३ गते प्रदेशको खानेपानी मन्त्री कृष्णा केसी नमूना सहितको टोलीमा राजापुरका नगरप्रमुख दिपेश थारु, राजापुर र बर्दियाका प्रभावशाली नेताहरुको उपस्थितिमा पदाधिकारीहरुले समस्या अवगत गराउदै आजका दिन देखि पानी सञ्चालन गर्न नसकिने भनेर जानकारी गराएको थियो ।

अवलोकन तथा अनुगमनमा आउनु भएका भौतिक पूर्वाधार मन्त्री र खानेपानी मन्त्रीले सहयोगको आश्वासन मात्रै दिएको अध्यक्ष सोतीको भनाई छ । उहाँले खानेपानी जस्तो अति आवश्यक वस्तुमा संघीय, प्रदेशबाट सहयोग नपाएको गुनासो गर्नु भयो । स्थानीय सरकारले सञ्चालनका लागि सहजता गर्दै विद्युत महसुस तिर्ने गरे पनि सञ्चालक समितिका पदाधिकारीहरु बजार पुग्दा उपभोक्ताले कहिले खानेपानी सञ्चालन गर्ने भन्ने प्रश्न गुनासा गर्ने गरेकाले सञ्चालन गर्न नसकिने संस्थामा पदाधिकारी बनेर बस्न उचित नभएकाले खानेपानीको साँचो स्थानीय सरकारलाई बुझाउने तयारी गरेको सचिव कृष्ण रेग्मीले वताउनु भयो ।

नेपाल सरकारले सुरुवात गराएको खानेपानी संस्था २०५७ सालमा सञ्चालनका लागि उपभोक्ता समितिलाई जिम्मा दिइएको थियो । सुरुमा ५ सय १० उपभोक्तालाई शुद्ध पानीको धारा दिएको समितिले पाईप मर्मत सम्भार र विस्तार गर्न नसक्नुका साथै शुद्ध पानी दिन नसकेर अहिले मात्रै १ सय १० धारामा सीमित भएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254