विद्यार्थीलाई लक्षित गरि ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न ।

बर्दियाको राजापुर मा विश्व वन्यजन्तु दिवशको अवसरमा ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । राजापुर नगरपालिका वाड न. १ सोनपुर मा रहेको कालिका माध्यामिक बिद्यालय का कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

विश्व वन्यजन्तु कोष नेपाल(WWF Nepal)द्धारा नेपाल सरकार संगको समन्वय र बेलायत सरकार अन्र्तगत डार्बिन इनिसिएटिभ(Darwin Initiative)को सहयोगमा सोनाहा बिकास समाज बर्दिया मार्फत संचालित “कर्णालि नदिमा ओत संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलिकरण”परियोजना अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

“ हाम्रो प्रण, कर्णालि नदि तथा श्रोतहरुको संरक्षण” मुल नाराका साथ उतm सचेतना कार्यक्रम संचालन गरिएको थियो । ३२ जना सहभागि उक्त कार्यक्रमको सहजिकरण परियोजनाबाट गठन गरिएका नदि खण्ड व्यवसथापन समुह अगुवा द्धय कोपिला थारु र शिवलाल थारुले गर्नु भएको थियो । दैनिक पढाई हुने बिषय बस्तु भन्दा फरक र नयाँ बिषयका साथै आफनै घर छेउमा बहने कर्णाली नदिमा ओत पाइनु र त्यसको संरक्षणका लागि परियोजना संचालनमा रहेको जानकारि पाउँदा निकै खुसि महशुष गरेको सहभागि विद्यार्थीहरुले बताएका थिए ।

यस परियोजना मार्फत यस अघि नै कर्णालि नदिको तल्लो तटमा आश्रित समुदायको बस्ति अनुसार कैलालिको लम्किचुहा नगरपालिकाको बलचौर देखि बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ४ छेदिया सम्म गठन गरिएका १५ वटै समुहमा समुहका अगुवा मार्फत ओत संरक्षण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254