राजापुरमा रहेका लघुवित्तबाट बचतकर्ताले निक्षेप (बचत ) रकम माग गरेका छन् ।

बर्दियाको राजापुरमा रहेका लघुवित्तबाट बचतकर्ताले निक्षेप (बचत ) रकम माग गरेका छन् । सहकारीहरुले गाउँगाउँमा गएर झुक्याउने र व्यापार गर्ने भन्दै केही सदस्यहरु केन्द्रमा आन्दोलन गर्न गएको र अरु सदस्यहरु आफूहरुले जम्मा गरेको बचत रकम लिन लघुवित्तमा आएका हुन् । राजापुरमा रहेका सबै लघुवित्तमा आफूहरु पुगेको र सबैले सकारात्मक प्रतिक्रिया दिए पनि आशा लघुवित्तले करिब ६ घण्टा कुराएर झुक्याए पछि लघुवित्तमा बचत रकम माग्न गएका बचतकर्ताले ताला लगाएको बाँचौ बचाउँ नगर स्तरीय संर्घष समितिको नगर अध्यक्ष तथा जिल्ला कोषध्यक्ष मीना आचार्यले वताउनु भयो ।

राजापुरबाट बचतकर्ताहरु लघुवित्तबाट आफ्नो रकम निकाल्न हिडेको र सबै पालिकामा बचतकर्ताको जम्मा रकम निकाल्न आफुहरु पुग्ने उहाँको भनाई छ । भौरा क्षेत्रमा रहेका लघुवित्त संस्थाहरुको मञ्च गेरुवा राजापुर लघुवित्त कर्मचारी मञ्च अध्यक्ष पहराम जैसीले समस्या समाधानका लागि बसेर निकास निकाल्नु पर्नेमा ताला लगाएर निकास नहुने भन्दै समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नु भएको छ ।

विगतमा समुह जमानीमा बसेर लगाइएको लगानी जनताकै पैसा भएकोले आफै समस्या आएको वताउनु भयो । ऋणीले लगानी नतिर्ने र बचतलाई संस्थाले कसरी तिर्ने भन्ने सवाल गम्भीर रहेकाले सबैले मिलेर समस्या समाधानमा लाग्नु पर्ने धारणा राख्नु भयो । बाँचौ बचाउँ नगर स्तरीय संर्घष समितिको नगर अध्यक्ष तथा जिल्ला कोषध्यक्ष आचार्यको नेतृत्वमा एनआइसी एसिया, निर्धन उत्थान, फर्वाड, आशा, मेरोमाइक्रो फाइनान्स, लक्ष्मी र स्वरोजगारमा पुगेका थिए ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254