स्थानिय सरकार संचालन तथा व्यवस्थापकिय आयाम बिषयक एकदिने तालिम राजापुर नगरपालिकामा सम्पन्न

स्थानिय सरकार संचालन तथा व्यवस्थापकिय आयाम बिषयक एकदिने तालिम राजापुर नगरपालिकामा सम्पन्न भएको छ । वास नेपालको सहजिकरण, सीआइजिपीको सहकार्य तथा राजापुर नगरपालिकाको आयोजनामा कार्यक्रम गरीएको हो ।

राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको सभाअध्यक्षतामा आयोजित कार्यक्रमको सहजिकरण नेपाल सरकारका पुर्व सचिव कृष्णहरी बास्कोटाले गर्नुभएको हो । उहाँले सकारात्मक सोच, बिकास गर्न स्थानिय जन प्रतिनीधी तथा कर्मचारीहरु अनुशासीत हुनुपर्ने तथा अनुसासन नै शुसासनको परिमुर्ती भएको बताउनु भयो ।

कसरी सकारात्मक बन्ने, सकारात्मक सोचका आयामहरु, दिर्घकालीन बिकास लक्ष्यका लागी गर्नूपर्ने कामका बारे बास्कोटाले सहजीकरण गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका पुर्व सचिव कृष्णहरी बास्कोटा, बिशिष्ट अतिथिमा राजापुर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत महेन्द्रजंग शाही रहनुभएको थियो । त्यस्तै राजापुर नगरपालिकाका वडा अध्यक्षहरु, बिषयगत शाखाका प्रमुख सहभागी थिए ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com