बर्दियाको राजापुरमा आज बृहत कलश शोभायात्रा सम्पन्न,

बर्दियाको राजापुरमा आज बृहत कलश शोभायात्रा सम्पन्न, श्रद्धालु भक्तजनको भव्य उपस्थिति । बर्दियाको राजापुरमा आज बृहत कलश शोभायात्रा सम्पन्न गरिएको छ ।

भौरा क्षेत्रमा रहेका प्राचीन मठ मन्दिरहरुमा जल चढाउने महापुण्य कार्य भन्दै भगवान गणेश (हथियाबाबा) को ५० औँ जन्मोत्सबमा विशाल कलश यात्रा गरिएको हो ।

पवित्र नदी कर्णालीको जल घडा (कलश) मा भरेर धार्मिक आस्थाको धरोहर हतियाबाबा गणेश मन्दिर सहित विभिन्न मठ मन्दिर र देवालयहरुमा चढाइएकोे आयोजक समितिका संयोजक डल्लुराम चौधरीले जनाउनु भयो ।

गणेशको ५० औँ जन्मोत्सबका अवसरमा मन्दिरमा आयोजना भएको धार्मिक अनुष्ठानमा १ हजार ८ कलशको जल चढाउन बर्दिया, कैलाली र बाँके सहित भारतका विभिन्न ठाउँबाट समेत श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो ।

गणेशको ५० औँ जन्मोत्सबमा बागेश्वरी मन्दिरका मुल गुरु र भारतको प्रसिद्ध तीर्थ हरिद्वारका गुरुबाट कथा प्रबचन र राजापुरका गुरुहरुबाट पाठ, हवन लगायतका कामहरु गरिएको गणेश मन्दिरका पण्डित पुष्कर रेग्मीले जानकारी दिनु भयो । कलशयात्रामा सहभागी भएका श्रद्धालु भक्तजनहरुलाई सहज गर्न फलफुल, प्रसाद, चिया, पानी लगायत वितरण गरिएको थियो

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com