राजापुरमा जनयुद्धको दिवसका अवसरमा शहीद परिवार र जेष्ठ नगारिकलाई सम्मान ।

राजापुरमा जनयुद्धको दिवसका अवसरमा शहीद परिवार र जेष्ठ नगारिकलाई सम्मान । बर्दिया राजापुरमा शहीद परिवारलाई सम्मान गरिएको छ । २९ औँ जनयुद्ध दिवसका अवसरमा राजापुर नगरपालिका वडा नं. ८ ले शहीद परिवारलाई सम्मान तथा जेष्ठ नागरिकलाई विद्युतीय कित्ली प्रदान गरेको हो ।

hamro khabr bardiya

सम्मान कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले देशमा आमूल परिवर्तन, ल्याउन र आफ्नो हक अधिकार स्थापित गर्न जनयुद्धको महत्वपूर्ण योगदान गरेको र जनयुद्ध कै उपलब्धी अनुरुप दलित, पिछडिएका वर्ग, जेष्ठ नगरिकलाई सम्मान गर्न पाएको बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले परिवर्तन र अहिलेको तीन तहको सरकार पाउनका लागि साहदत पाउने शहीदलाई सबैले सम्झनु पर्ने र प्राप्त उपलब्धीहरुलाई सफल कार्यान्वयन हुनु पर्ने धारणा राख्नु भयो । नगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष असराज न्यौपानेले जनयुद्ध हुनु पहिला यहाँका शासकहरुले दलित, पिछडिएका वर्गलाई मान्छेको व्यवहार नगरेको भन्दै जनयुद्धले शोषणको अन्त्य गर्दै सबैलाई मान्छेको रुपमा स्थापित गर्न आज कै दिन जनयुद्धको सुरुवात भएकाले यो दिनलाई हर्ष र उल्लासका साथ मनाउन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा ३ सय जेष्ठ नागरिकलाई विद्युतीय कित्ली, ११ जना वडाका वडघरलाई सम्मान पत्र, र ३० जना शहीद परिवारलाई मायाको चिनो, दोसल्ला सहित सम्मान गरेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । वडा नं. ८ का वडाध्यक्ष राजेश थारुको सभाध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य किष्ना ढुङगाना ले गर्नु भएको हो भने कार्यक्रकको सँचालन ८ वडा सचिव सिर्जना अधिकारीले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com