बर्दियाको राजापुर नगरपालिका लुम्बिनी प्रदेश कै स्मार्ट सिटी शहरमा पर्ने भएको छ ।

बर्दियाको राजापुर नगरपालिका लुम्बिनी प्रदेश कै स्मार्ट सिटी शहरमा पर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार सहरी विकास मन्त्रालयले छानेको ५ वटा शहर मध्ये राजापुर नगरपालिका पनि स्र्माट सिटी भित्र परेको हो ।

आज स्थलगत अनुगमनका लागि बर्दियाको राजापुर आउनु भएकी शहरी विकास मन्त्री कृष्णा केसीले लुम्बिनी प्रदेशका ५ पुराना शहरहरु मध्ये बर्दियाको राजापुर, बाँकेको नैरानापुर, दाङको कोइलाबास, कपिलबस्तुको तिलौराकोट, पूर्वी रुकुमको रुकुमकोटमा स्मार्ट सिटीको अवधारणामा विकास निर्माण गरिन लागेको वताउनु भएको हो ।

शहरी विकास मन्त्रालयको साना शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ७० करोडभन्दा माथिका योजनाहरु आफुले मन्त्रालय सम्हालेको १ महिनाभित्रै योजना बनाएर अगाडि बढेकोले राजापुरलाई पहिलो प्राथमिकतामा राखेर बहुवर्षे योजनामा राखेर अगाडि बढेको वताउनु भएको छ ।

राजापुर क्षेत्रको ऐतिहासिक र भौतिक अवस्थाको जानकारी दिदैँ नगर प्रमुख दिपेश थारुले भौरा क्षेत्रलाई विकासका लागि पहिलो प्राथकिकता हुनु पर्ने भन्दै राजापुरमा ढल निकास सहितको व्यवस्थित बजार, राजापुरदेखि टेडिया, प्रयागपुर, तिघ्रा, हुदै रिनेसाँ बोर्डिङ पूर्व शान्तिपुर वसपार्कसम्म कालोपत्रे बाटो निर्माण, शान्तिपुरमा आधुनिक बस पार्क, टपरालाई ढल निकास सहितको व्यवस्थित बजार लगायत विभिन्न चालु ढल निकास सहितको कालोपत्रे सडक निर्माणका लागि आग्रह गर्नु भएको थियो ।

मन्त्री केसीको स्थलगत अनुगमनमा लुम्बिनी प्रदेशको प्राविधिक विश्वविद्यालयको विशेषज्ञ टोली, राजापुरका नगर प्रमुख प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुख, वडाध्यक्षहरु, लगायत रहनु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com