बर्दियाको भेरी मा वि मा आज शिक्षक तथा विद्यार्थी सम्मान तथा प्रोत्साहन गरिएको छ ।

बर्दियाको भेरी मा वि मा आज शिक्षक तथा विद्यार्थी सम्मान तथा प्रोत्साहन गरिएको छ । २०७८ सालको एसईईमा नगर प्रथम प्रोत्साहन रकमबाट आज विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

विव्यस अध्यक्ष राम प्रसाद ढुङ्गानाको सभापतित्वमा आयोजित कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी प्रमुख आतिथि र अन्य अतिथिहरुमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही,

सामाजिक विकास संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश चौधरी, विधान समितिका संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष राजेश थारु विव्यस पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयको शैक्षिक प्रगतिका लागि अभिभावक, शिक्षक विद्यार्थी र स्थानीय सरकार एक भएर लाग्नु पर्ने प्रमुख अतिथि नगर उपप्रमुख चौधरीले वताउनु भयो ।

विद्यालयलाई २ वर्ष पहिलेको नतिजाका आधारमा पुरष्कृत गरिएको भन्दै केही अभिभावकहरुले समयमै सम्मान

र प्रोत्साहन गर्नु पर्ने सुझाव दिएका थिए ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254