बर्दिया उद्योग वाणिज्य संघ राजापुर द्वारा आयोजित महोत्सवको आज उद्घाटन, राजापुरको विकासमा हातेमालो गर्नु पर्ने माननिय किशोर सिंह राठौरको भनाई ।

मिन अधिकारी, राजापुर बर्दिया उद्योग वाणिज्य संघ राजापुर द्वारा आयोजित महोत्सवको आज उद्घाटन गरिएको छ । समृद्ध बर्दियाको प्रमुख आधार, व्यापार कृषि पर्यटन संस्कृति र पूर्वाधार भन्ने मुल नाराका साथ सुरु गरिएको बर्दिया राजापुर महोत्सव २०८० को नेपाली काङ्ग्रेस केन्द्रीय सह महामन्त्री संघीय सांसद माननिय किशोर सिंह राठौर ले समुद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाइ समबोधन गर्दै माननिय राठौरले राजापुर सहित समग्र भौरा क्षेत्रको बिकास र्निमाणमा आफुले प्रत्यक्ष रुपमा पहल गरेको भन्दै आपूले जताबाट र्निवाचन लडेपनी राजापुरलाइ कहिले नर्बिसने र भन्सार नाका खोलेर कर्णाली प्रदेश संग जोड्ने योजनामा रहेकाले मेरो र तेरो पार्टी नभनेर सबैले हातेमालो गर्नु पर्ने बताउनु भएको छ ।

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मेला महोत्सब धेरै भए पनि स्थानीय कलाकार, कला, संस्कृतिको विकासमा के कस्तो प्रभाव रहेको सोलाई समीक्षा गर्न जरुरी रहेको

भन्दै प्रदेश सरकारले स्थानीय स्तरमा उत्पादित वस्तुलाई व्यवस्थित गर्दै बजारीकरणमा सहयोग गर्दै स्थानीयको आर्थिक विकासका लागि सहयोगिको भूमिका खेलिरहेको वताउनु भयो ।

संघीय सांसद शान्ति चौधरीले राजापुर र गेरुवा क्षेत्रको विकासका लागि बर्दियाका सांसदहरुले एक आवाज उठाउनु पर्ने भन्दै सरकारमा रहेका माननीयले विषेश पहल गर्नु पर्ने धारणा राख्नु भयो ।

लुम्बिनी प्रदेशको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तथा माननीय जन्मजय तिमल्सिनाले यस क्षेत्रमा आफ्नो वाल्यकाल वितेको स्मरण गराउदै भौरा क्षेत्र कृषि उत्पादनको मुख्य केन्द्र र हब भएकाले यसलाई कृषि क्षेत्रमै विकास गर्दै आधुनिक रुपमा यान्त्रीकरण गर्नु पर्ने वताउनु भयो ।

भौरा क्षेत्रको विकासका लागि इच्छा शक्ति भएको नेतृत्व नभएकाले आफू जहाबाट निर्वाचित भए पनि यो क्षेत्रको विकास गर्नु आफ्नो पनि दासयतव भएको भन्दै बोल्न भन्दा पनि काम गरेर अगाडि बड्ने बताउनु भयो । बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष कृष्ण कुमार रेग्मीले राख्नु भएको थियो । महोत्सवमा थारु गाउँ, रमाइलो मेला, विभिन्न व्यापारिक स्टल, होटल राखिएको मेलामा स्थानीय कला संस्कृति झल्कने विभिन्न जातजातिका नृत्यहरुको प्रदर्शन गरिएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254