माओबादी पाटि को राजापुरमा माघी मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

मिन अधिकारी, राजापुर बर्दियाको राजापुर क्षेत्रको विकासका लागि आफुहरु निरन्तर लागि रहने प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री कृष्णा केसी नमूनाले वताउनु भएको छ ।

राजापुरको वडा नं. ४ ले आयोजना गरेको माघी मिलन तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अथितिको आशनबाट बोल्दै पछिल्लो समय राजापुरमा जुझारु स्थानीय सरकारको नेतृत्व आएकाले विकास आयोजनाले तीव्रता लिने भन्दै आफूले प्रदेशबाट मात्रै नभएर संघीय सरकारबाट आउने बजेटका लागि समेत पहल गर्ने प्रतिबद्धता जानउनु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले उपस्तिथ आम जनसमुदायलाई माघीको शुभकामना दिदै बिगत मा जनताको साथी माओबादि पाटि भएको र देशमा परिवर्तन पनि माओबादि पाटिले गरेकाले राजापुर नगरपालिका का अधुराकामहरु माओबादी को सरकार भएको बेलामाहुने र आफनो पालाम पुरा गर्ने भन्दै सबैको साथ र सहयोग भएमा राजापुरलाई विकसित र समृद्ध बनाउन सकिने भएकाले सबै नगरबासीहरुले स्थानिय सरकार संग हातेमालो गरेर हिडनुपर्ने वताउनु भएको थियो ।

वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलको सभाध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रियरहे का सङघर्स नगर बाट ३७ जना घुम्ना बाट५५ जना क्याम्पस रोड बाट ११ जना दलै गाउँ बाट १३ जना खल्ला टोल बाट४१जना राजापुर माहादेव टोल बाट २३ जना अनन्तपुर गाउबाट २७ जना हस्पिटल टोल बाट १३ जनगरी जम्मा २१९ जना नेपाली काङ्ग्रेस र एमाले पार्टी परित्याग माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले जनताको हक अधिकार को लागी प्रतिगामिहरु संग लडि रहेकाले अब माओवादी केन्द्रको लाल किल्ला बनाउन कसैले रोक्न नसक्ने भन्दै महत्त्वपूर्ण भुमिका खेलेर उदाहरणीय काम गर्न सफल भएकोमा वडा न ४ पाटि कमिटिलाइ बधाई दिनुभएको थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा वडाध्यक्ष पोख्रेलले माघीको शुभकामना व्यक्त गर्दै पार्टी बलियो वनाउन नवप्रवेशी सदस्यहरुको ठूलो भूमिका हुने र नगरको विकासमा एकजुट भएर सहकार्य गर्दै अगाडि बढ्न आग्रह सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

कार्यक्रममा, पाटिका प्रदेश कमिटि सचिवालय सदस्य दिपेश थारु , प्रदेश सदस्य सुरेश पन्त , मनकल कुमारी चौधरी ,जिल्ला पाटि सचिव आकास शर्मा नगर अध्यक्ष दिपेन्द्र आचाय लगायत माओवादीपाटि बाट बिजय भएका जनप्रतिनिधिहरु, माओवार्दी , पार्टीमा आस्थावान समाजसेवी, बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254