छैठौँ अध्यक्ष कप तथा गेरुवा गाउँपालिका अन्तर विदालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार देखि सुरु भएको छ ।

छैठौँ अध्यक्ष कप तथा गेरुवा गाउँपालिका अन्तर विदालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार देखि सुरु भएको छ । गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुर स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभाका सांसद् एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै सह–महामन्त्री राठौरले गठबन्धनका कारण आफु बाँकेबाट निर्वाचन लड्नुपर्ने अवस्था सृजना भएपनि गेरुवाको विकासमा सदैव आफ्नो साथ रहने बताउनुभयो ।

उहाँले आफुहरुको पहलले गर्दा बर्दियामा सडक निर्माण, पुलपुलेसा लगायतका भौतिक संरचना बनकोले गाउँ छोडेर शहर बस्नुपर्ने बाध्यता टरेको उल्लेख गर्नुभयो ।कार्यक्रमका सभाध्यक्ष एवं गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले ३ बर्षसम्म लगातार जुन विद्यालयले रनिङ शिल्ड प्रतियोगिता हात पार्न सक्छ सो विदालयलाई ५ लाख रुपैँया पुरस्कार दिइने घोषणा गर्नुभयो ।

गेरुवा गाउँपालिकाको आयोजना र पशुपति मावि पशुपतिनगरको आतिथ्यतामा सुरु भएको प्रतियोगितामा, गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्द, वडा अध्यक्ष, वडा सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता पुष १८ गतेसम्म चल्नेछ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254