बर्दियाको राजापुर मा ३२औ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुको हक अधिकारको विषयमा अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपेश थारुले जसरी राजापुर नेपालगन्जको गाडी भाडा समायोजन गरियो त्यसरी नै गाडीमा अपांगता भएका व्यक्तिहरुलाई छुट दिनको लागि आफुले पहल गरिरहेको र केही दिनमा कार्यान्वयनमा आउने बताउनु भएको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा राजापुर नगरपालिकाका नगर प्रमुख थारूले अपांगता परिचयपत्र वितरण समितिले निर्णय गरेका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्नु भएको थियो ।
राजापुर नगरपालिकामा जम्मा १५४५ जनाले अपांगता परिचयपत्र पाएकोमा २०६ जनाले क वर्गको परिचयपत्र प्राप्त गरेका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता थारुले बताउनु भएको हो ।
अपांगता भएका व्यक्तिहरुलाई अपमान, घृणा र तृष्णा होइन माया , सहयोग र सम्मान गरेर जानु पर्ने कार्यक्रमका सहभागिहरुको भनाइ रहेको थिए ।