बर्दियाको राजापुर नगरपालिका वडा न. ८ ले (TEXT BOOK FREE FRIDAY) कोसुरुवात गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ प्रयास सुरु गरेको छ । राजापुर नगरपालिका वडा नं. ८ ले विद्यार्थीहरुमा पाठ्यपुस्तक सँगसँगै व्यवहारिक, व्यक्तित्व विकास, सांस्कृतिक पहिचान लगायतका नैतिक आचरण विकास गर्न पाठ्य पुस्तक रहित शुक्रबार (TEXT BOOK FREE FRIDAY) को कार्यक्रम गर्ने भएको हो ।

राजापुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष राजेश थारुले शुक्रबार विद्यार्थीले झोला बोक्नुको सट्टा आफ्नो पहिचान झल्कने पहिरन सहित सांस्कृतिक नृत्य गर्ने वताउनु भयो । वडामा 1रहेको एउटा मा वि र ३ वडा प्रावि गरी ४ विद्यालयमा कार्यक्रम लागु गर्ने र प्रत्येक विद्यालयले छानेका उत्कृष्ट विद्यार्थीहरुलाई महिनाको अन्तिम शुक्रबार अन्तर विद्यालय प्रतियोगिता गर्ने वडाध्यक्ष थारुले वताउनु भयो ।

वडाले शिक्षाको गुणस्तर वृद्धि गर्दै विद्यार्थीको सर्वाङ्गीर्ण विकासका लागि शैक्षिक सुधारका लागि शिक्षकसँग जनप्रतिनिधि कार्यक्रम राखेको वडाध्यक्ष थारुको भनाई छ ।

स्थानीय सरकारले विद्यार्थीलाई पठनपाठन सहित नैतिक ज्ञान र आफ्नो जातिय पहिचान, संस्कृति झल्कने तथा संरक्षण हुने र स्थानीय पाठ्यक्रममा समेत टेवा पु¥याउने नौलो कार्य गर्न थालेकोले आफुहरु समेत उत्सुक भएको राजापुर ८ भेरी माध्यमिक विद्यालयका प्रधानाध्यापक महादेव चौधरीले वताउनु वताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254