राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा खाजा कार्यक्रममै समस्या, विद्यालय गैह्र जिम्मेवार देखिएकाले अनुगमन पछि मात्रै निकासा दिने पालिकाको भनाई

बर्दियाको राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा विद्यालयलाई समस्या भएको छ ।

वर्षे विदा पछि खुलेको विद्यालयको आधार तह कक्षा ५ सम्मका वालवालिकाहरुले दैनिक रुपमा खाने खाजाको रकम समयमै निकासा नदिदाँ खाजा कार्यक्रममै समस्या परेको हो । नगरपालिका भरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा ५ सम्म भर्ना भएका विद्यार्थीहरुलाई जनही दैनिक १५ रुपैयाका दरले खाजा खुवाउने गरिएको छ । केही विद्यालयले आफै व्यवस्थापन गरेर खुवाउने गरे पनि धेरै जसो विद्यालयले आफ्नै क्यान्टिनमा वा नजिकैको पसलमा सम्झौता गरेर खाजा खुवाउने गरेको पाइएको छ । लामो समयसम्म रकम निकासा नभए पछि आज भोलि सामाजिक सञ्जालमा खाजाको रकमका वारेमा विभिन्न टिका टिप्पणी आए पछि सरोकारवाला पक्ष भने आफ्नो बचाउमा लागेको छ । श्री किसान माविका प्रअ प्रेम विकले विद्यालयको दिवा खाजाका लागि शाखामा समस्या दर्शाउदा पनि लामो समयसम्म सुनुवाइ नभएको गुनासो गर्नु भयो ।

विद्यालयकै कास मान बहादुर थारुले खाजा व्यवस्थापन गर्ने गरे पनि निकै समस्या भएको उहाँको भनाइ छ । श्रीमानपुर मावि टपराका प्रअ मोहन कुमार चौधरीले खाजाको व्यवस्थापन प्रअ बैठकबाट तयार पारिएको मेन्यू अनुसार नै खाजा खुवाइएको वताउनु भयो । खाजामा कुनै त्रुटी नभए पनि समयमा रमक निकासा नहुँदा समस्या भएको उहाँको दावी छ । राजापुरको शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरीले शाखाबाट दशै अघि नै ३ महिनाको विवरण सहित ४१ लाख रकम निकासाका लागि पहिलो चरणमा फाइल पठाएको र प्रमुख प्रशासकीय अधिकृतले खाजामा त्रुटि भेटिएकाले अनुगमन नगरेर रकम निकासा नगर्ने भन्दै फाइल सदर नगरेको र केही विद्यालयको अनुगमन पछि अहिले फाइल सदर गरेर लेखा शाखामा पठाएको र केहि समय भित्रै रकम निकासा हुने जानकारी पाएको शाखा प्रमुख चौधरीले वताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीले विद्यालयमा खाजा व्यवस्थापन समिति नभएको, खाजाको मेन्यु नै नभएको, गुणस्तरीय खाजा नभएको, विस्कुट, चोखोपन, लगायतका जंकफुड खुवाउने गरेको, विद्यार्थी तथ्याङ्कमा समेत वृद्धि गरेर पेश गर्ने गरेर गल्ती विद्यालयमा भेटिएको औल्याउनु भयो ।

खाजाको रकमका लागि विद्यालयको सरोकारवाला पक्ष विशेष जिम्मेवार हुनु पर्ने उहाँको भनाई छ । सामाजिक विकास शाखाका संयोजक वडा नं. ५ का वडाध्यक्ष रमेश चौधरीले विद्यालयले खाजामा व्यापक अनियमिता गरेको गुनासो पछि अनुगमनका लागि केही समय रोकिएकाले छिट्टै अनुगमन गरी सत्यतथ्य छानविन गरी रकम निकासा गर्ने वताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com