बर्दियाको भौरा क्षेत्रमा कृषि कर्मका लागि कृषियन्त्रको प्रयोग बढ्दै गएको छ ।

बर्दियाको भौरा क्षेत्रमा कृषि कर्मका लागि कृषियन्त्रको प्रयोग बढ्दै गएको छ ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिका कृषक अहिले जोत्नेदेखि दाउनेसम्मका लागि कृषि यन्त्रको प्रयोग गर्न थालेका छन् । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । राजापुर नगरपालिका–७ शंकरपुरका किसान तथा समाजसेवी ओम प्रकाश यादवले कृषि व्यवसाय गर्ने मानिसको कमी भइरहेको समयमा साना कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको बताउनुहुन्छ । सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेका बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको र ‘जोत्नसँगै धान लगायतका अन्य बाली दाउनेसमेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिने उहाँको भनाई छ । गोरु नहुँदा खेत अधिया लगाउने मानिस खोज्नुपर्ने बाध्यता भए पनि अहिले प्रविधिको प्रयोगले खेती गरिदिने मानिस खोज्नुपर्ने बाध्यता हटेको भन्दै अर्का किसान राम कुमार थारुले युवाहरु पनि खेतीपातिको काममा लाग्न थालेको वताउनु भयो । राजापुर नगरपालिका कृषि शाखाका प्रमुख तुलाराम थारुले प्रविधिको सहयोगले कृषि पेशालाई सहज गरेको बताउनु भयो विगत केही वर्षयता ट्र्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै ठूलो मेसिन कम्बाइनले काट्ने हुँदा किसानलाई सहज भएको बताउनु भयो । पछिल्लो समय कृषिमा काम गर्ने जनशक्तिको अभावमा खेतबारी बाझो भइरहेको छ । यस्तो अवस्थामा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको जनाइएको छ । कृषि पेशालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप यान्त्रीकरणमा सहयोग गर्दै आएमा युवा पुस्तालाई पेशामा लगाउन सकिने राजापुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रसादु थारुले वताउनु भयो । उहाँका अनुसार कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन बढाउनका लागि तीन तहका सरकारले जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकीकरणसँगै बीउ, सिँचाइलगायतका क्षेत्रमा सहयोग बढाउनु पर्ने बताउनुभयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com