समृद्ध बर्दियाका प्रमुख आधार ,कृषि पर्यटन ,उद्योग ,संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ प्रादेशिक कृषि ,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव

समृद्ध बर्दियाका प्रमुख आधार ,कृषि पर्यटन ,उद्योग ,संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ यही पुस ६ गतेदेखि १६ गतेसम्म बर्दियाको सदरमुकाम गुलरियामा प्रादेशिक कृषि ,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८० को आयोजना हुदैछ ।उद्योग वाणिज्य संघ बर्दिया ,गुलरियाद्वारा आज पत्रकार सम्मेलन मार्फत महोत्सवका उद्देश्य विशेषताहरु बारे प्रकाश पारिएको छ।

महोत्सवमा ५ करोड बराबरको कारोबार तथा १ लाख दर्शक भित्र्याई बस्तु तथा सेवाहरुको एकै स्थलमा प्रदर्शनी गर्ने र उत्पादक ,सेवाप्रदायी तथा ग्राहकबीच अन्तर्कृया गर्ने महत्वाकांक्षी उद्देश्य राखिएको छ। बर्दियाका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्ने,स्थानीय कला,संस्कृति भाषा तथा साहित्यको संरक्षणलाई जोड दिने,कृषिजन्य उत्पादन तथा जडीबुटीको व्यावसायीकरण गर्ने,लगानीका अवसरहरुको खोजी गर्ने ,स्थानीय बस्तु तथा सेवाको बजार प्रबर्द्धन गर्ने तथा स्थानीय उद्धमी तथा व्यवसायीहरुलाई उत्पादन तथा बजारीकरणमा प्रोत्साहन गर्ने महोत्सवका प्रमुख उद्देश्य रहेको बताइएको छ।

बर्दियामा कृयाशील संचारकर्मीहरुलाई सम्बोधन गर्दै संघका अध्यक्ष मङ्गलप्रसाद पाण्डेले बर्दियाको पहिचानलाई स्थापित गर्नुका साथै आर्थिक समृद्धिमा उल्लेखनीय टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएकोले यसलाई सफल बनाउन सरोकारवाला सबैमा आग्रह गर्नु भएको छ।।यस पटकको महोत्सव समान्यतया विशेष प्रकारको हुने उहाँको भनाइ छ।विगतमा कोभिडको प्रकोप लगायतका कारण लामो समयदेखि गुलरियामा महोत्सवको आयोजना हुन सकेको थिएन ।यस महोत्सवले बर्दियामा आर्थिक गतिविधि बढाइने उहाको विश्वास छ।महोत्सवले बर्दियाका व्यवसायीहरुलाई उत्साहित बनाएको र आफूहरु यसलाई सफल बनाउन सकृय भएर लागेको संघका प्रचार संयोजक मोहित पौडेलले बताउनु भएको छ।प्रादेशिक डान्स आइडल प्रतियोगिता ,स्थानीय कलाकारहरुका प्रस्तुतिहरु,बर्दियामा रहेका विभिन्न जातजातिका परिकार र साम्स्कृतिक झलक,कृषि उत्पादन ,जडिबुटी तथा हस्तकलाको उपलब्धता यस महोत्सवका प्रमुख आकर्षण रहेको संयोजक पौडेलको भनाइ छ।जिल्लाभरिका उद्योग वाणिज्य सङ्घहरुको एक्यवद्धता ,राजनैतिक दल तथा सामाजिक संघ संस्थाहरुसगको सहकार्य र बर्दियाको समृद्धिमा केन्दृत भएरआयोजना गरिएको हुनाले यो महोत्सव सफल हुनेमा आयोजकहरु विश्वस्थ रहेका छन् ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254