बर्दियाको राजापुरमा रहेको श्री उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजापुरले आफ्नो ९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बर्दियाको राजापुरमा रहेको श्री उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजापुरले आफ्नो ९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

दीगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने मूल प्रतिवद्धताका साथ उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आर्थिक रुपले सबल वनाउन स्थापना भएको यस संस्थाले आज आफ्नो ९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । ९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अथिति राजापुर नगरपालिका स्तरिय सहकारी संञ्जालका अध्यक्ष एवम् दिदी बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सिता अर्यालले सहकारीले स्थानीय जनता माझ विश्वास प्राप्त गरेको र संस्थाको कामले नै सदस्यहरुको संख्या बढेको र आगामी दिनमा अझै प्रभावकारी रुपले अगाडि बढोस भन्दै उत्तरउत्तर प्रगतिको कामना सहित उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो । आर्थिक वर्ष २०७९÷८० को कुल कारोबार ५ करोड २१ लाख १ हजार ३ सय २२ कारोबार गरेको छ भने ४ लाख ५७ हजार ३२ रुपैया आम्दानी गर्न सफल भएको छ । कार्यक्रममा उत्कृष्ट ऐच्छिक बचत, खुत्रुके बचत र दैनिक बचत गरेका सदस्यहरुलाई पुरुस्कार सहित सम्मान गरिएको थियो ।

९ औँ वार्षिक साधारण सभामा विशेष अतिथि राजापुर नगरपालिका सहकारी शाखा प्रमुख सुनिता चौधरी,एक्सन एड नेपालका वरिष्ठ कार्यक्रम अधिकृत चक्र बहादुर बम, शुंचाकमा आधारित बाढी बिमा कार्यक्रमका संयोजक हेमन्त जोशी, पत्रकार,सहकारीकाका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष धनलक्ष्मी खत्रीले देशको राजनितिक अवस्थामा आएको परिवर्तन संगै मुलुकको आर्थिक विकासले गतिशिलता लिन थालेको अवस्थामा सहकारी अभियानले मुलुकको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको भन्दै यस सहकारी संस्थालाई सामाजिक ,सांस्कृतिक विकास र उन्नतिका लागि विभिन्न कार्यक्रम गर्दै सहकारी अभियानको सफलताका लागि भुमिका खेल्दै आएको र संस्थालाई दिगो रुपमा अगाडी बढाउनका लागि निति ,विधि र प्रविधिमा पुर्ण रुपमा अगाडी बढिरहेकाले सबैले सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

भने साधारण सभाको आर्थिक प्रगति प्रतिवेदन सचिव सरिता मिश्र र प्रगति प्रतिवेदन संस्थाकी लेखा संयोजक कमला न्यौपानेले प्रस्तुत गर्नु भएको होे । स्वागत मन्तव्य संचालक समितिका संदस्य रिता आश्चार्यले गर्नु भएको थियो भने ९ औ वार्षिक साधारण सभाको संचालन संस्थाकी व्यवस्थापक मिरा चौधरीले गर्नुभएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254