बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । हिन्दुहरुको महान पर्व शुभ दिपावलीको अवसरमा राजापुर क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरीलाई सम्झना स्वरुप शुभकामना आदान प्रदान कायक्रम गरिएको हो ।

कार्यरत प्रहरीहरुलाई पनि आफ्नो घर परिवार र पर्वबाट पाउने खुशीको याद आउने र उहाँहरुलाई रमाइलो गर्न कार्यालयमा रमाइलो गरेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) किरण प्रसाद न्यौपानेले वताउनु भयो । शुभकामना आदानप्रदान कार्यक्रममा राजापुरका प्रहरीहरुले देउसी भैलो खेल्दै नाचेर रमाइलो गरेका थिए ।

तिहारको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना दिदै राजापुरका डिएसपी न्यौपानेले समाजमा बढ्दै गएको विकृति रोक्न सबैले सहयोग गर्नु पर्ने र कानुनले प्रतिबन्ध गरेको कुनै पनि कार्य नगर्न अनुरोध गर्नु भएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com