बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ ।

साथी खबर राजापुर २०८०-०७-२१ बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ ।

नगरपालिकामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले र नगरकार्यापालिकाको बैठकले गरेको निर्णय अनुसार विपत्तिको घडिमा एक अर्कालाई हृदयदेखि नै सहयोग गर्नु पर्छ भन्दै राजापुरबाट यथासक्य राहत सामग्री लिएर जनप्रतिनिधिको टोलि भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।

राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले उत्पादन गरेको मकवानपुर चामल २ सय कुन्टल र २५० किलो दाल, लिएर नगर प्रमुख दिपेश थारु, उपप्रमुख मनकला कुमारी चौधरी र वडाध्यक्षहरु प्रसादु थारु, विदुर पोख्रेल,राजेश थारु,असराज न्यौपाने, शिवलाल थारुको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट पुग्नु भएको छ ।

सरकारले संकलन भएका सबै राहत सामग्रीहरु एकद्वार प्रणालीबाट वितरण गर्ने भनेकाले राजापुर बर्दियाबाट लगिएको राहत सामान जाजरकोटमा जिल्ला प्रशासन कार्यालयमा र रुकुम पश्चिममका स्थानीय पालिकामा बुझाईएको नगर प्रमुख थारुले वताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com