उहाँले आफ्नो राजनैतिक कर्मथलोका रूपमा रोज्नु भयो ।

उहाँले आफ्नो राजनैतिक कर्मथलोका रूपमा रोज्नु भयो । उहाँ काङ्ग्रेसमा प्रवेश गरिसकेपछिको पहिलो र ठूलो राजनैतिक आमसभा बर्दियाको शान्तिबजारमा भएको थियो, संयोगले त्यो कार्यक्रमको उद्घोषणको जिम्मेवारी मैले पाएको थिए । त्यसपछि उहाँसग निकटता वढ्दै गयो र उहाँलाई केही हदसम्म चिन्ने मौका मिल्यो । २०५६ सालको आमनिर्वाचनमा उहाँ बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्य हुनुभयो, सामान्य प्रशासन मन्त्री बन्नुभयो । सत्तामा रहदा उहाँसग भेट भएन, उहाँको कार्यव्यस्तताले त्यो अवसर जुरेन । धेरैपछि उहाँसग भेट भयो । २०६२/०६३ को जन आन्दोलनको समय थियो ।

चैत महिनातिर हुनुपर्छ ।राजापुरमा सात राजनैतिक दलको कार्यक्रम थियो । म बर्दिया समाचार साप्ताहिक पत्रिकाको सम्पादकको रूपमा कार्यरत थिए र राजापुर जाँदै थिए । बर्दियाका एक जना युवा काङ्ग्रेस कार्यकर्ता युवराज अधिकारीका साथमा उहाँ पनि सो कार्यक्रममा सहभागी हुन राजापुर जादै हुनुहुन्थ्यो । कर्णाली नदी तर्न कोठिया घाटमा स्टिम्बरका लागि लामो प्रतीक्षा गर्नु पर्यो । त्यो फुर्सदको बेला उहाँसग धेरै अन्तरङ्ग कुरा भयो । मैले उहाँले नेपाली क्रान्तिमा गरेको योगदानको चर्चा गरे ।सत्तामा गएर किन यो क्षेत्रका जनताको अपेक्षा पूरा गर्नु भएन ? कि जन समक्ष गरेका बाचा बिर्सनुभयो ? भनेर प्रश्न गरे । उहाँसग कुनै उत्तर थिएन । उहाँले मसग उल्टै गुनासो गर्नुभयो । मलाई भन्नुभएको थियो, राजेन्द्र भाइ तिमीजस्तो मान्छे नजिक आएनौ, नजिक भएकाहरुले मलाई डुबाए । उहाँ त्यतिबेला उदास र निराश हुनुहुन्थ्यो । एउटा निष्कपट क्रान्तिकारीको चित्त दुखाएकोमा मैले ग्लानी महसुस गरे । म अहिले पनि सम्झिरहेको छु । मायालु दाइ तपाईंको आत्माले शान्ति पाओस

Rajendra

राजेन्द्र प्रसाद धिताल

लेखक

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254