राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत नगरपालिकाको समन्वय र एक्सन एड नेपालको आर्थिक सहयोग तथा कमैया महिला जागरण समाज नेपालको आयोजनामा राजापुर नगरपालिकाको स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । स्थानीय सरकारले पालिकामा नीति निर्माण गर्दा लैङ्गिक मैत्री नीति निर्माण गर्न यस अभिमुखीकरण कार्यक्रमले ठूलो सहयोग पु¥याउनेमा आफू विश्वस्त भएको कमैया महिला जागरण समाजका अध्यक्ष विरणी थारुले वताउनु भएको छ ।

सहभागिहरुबाट बोल्दै राजापुर नगरपालिका वडा नं। ६ का वडाध्यक्ष असराज न्यौपानेले स्थानीय सरकारको काँधमा ठूलो जिम्मेवारी भएको र लैङ्गिक समानताका आधारमा लैङ्गिक मैत्री नीति बनाउनका लागि जनप्रतिनिधिहरुलाई महत्वपूर्ण सहयोग गर्ने र पालिकाले छिट्टै लैङ्गिक समानताका नीति निर्माण बनाउन लाग्ने बताउनु भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष नगरउपप्रमुख मनकला कुमारी चौधरीले पालिकाले थुप्रै नीति बनाएर काम गरिरहेको र लैङ्गिक समानताका लागि विभिन्न कार्यक्रमहरु गरे पनि नीति नभएकाले योजना कार्यान्वयनमा बाधा अवरोध आउने गरेको भन्दै छिट्टै नगरपालिकाले लैङ्गिक मैत्री उत्तरदायि नीति बनाउने भन्दै न्यायीक समितिले हेर्ने विषयबस्तुमा लैङ्गिक विभेद नभई समान रुपमा मिलापत्र गर्ने गरेको बताउनु भयो । कार्यक्रममा सहजीकरण गर्दै पालिकामा लैङ्गिक समानताको नीति निर्माण नभएकाले पालिकाको लिजामा अङ्क कम आउने र लैङ्गिक समानताका विषयमा काम गर्न अप्ठ्यारो हुने भएकाले नीति निर्माणमा आजको कार्यक्रमले ठूलो सहयोग गर्ने विपत फोकल पर्सन अनुपम न्यौपानेले वताउनु भएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालिका सरस्वती चौधरीले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com