नेकपा माओवादी केन्द्रको ३ महिने अभियानलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अन्जना चौधरीले देशमा जति आमुल परिर्वतनहरु भए त्यसमा नेकपा माओवादी केन्द्रको महत्वपुर्ण भुमिका रहेको र जनताको हरेक समस्या ,मागमुद्दाहरुलाई सम्बोधन गर्ने एकमात्र पार्टि नेकपा माओवादी केन्द्र रहेकोले नेकपा माओवादी केन्द्रलाई संगठित गरि नेपालकै पहिलो पार्टी बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
बर्दियाको राजापुरमा नेकपा माओवादी केन्द्रले ३ महिने पार्टी प्रशिक्षण अभियान सुरु गरेको छ । नेकपा माओवादी केन्द्रले संगठन निमार्ण र पार्टी शुद्धिधिकरण गर्नका लागि जनताको घर दैलोमा गई माओवादी केन्द्रका कमिकम्जोरी र देश संचालन तथा विकास निर्माणमा नेकपा माओवादी केन्द्रले खेल्लेको भुमिकाको विषयमा जनतालाई जानकारी गराउने उद्देश्यले केन्द्रीय पार्टीको निर्णय अनुसार राजापुर नगरपालिकाका दशै वटा वडामा ३ महिने पार्टी प्रशिक्षण अभियान संचालन गरेको नगर कमिटि अध्यक्ष चिन्तामणि आर्चायले बताउनु भएको छ ।
अभियानको क्रममा दशैवटा वडामा पार्टी प्रशिक्षण, पार्टी शुद्धिधिकरण,भात्रि संगठनहरु निमार्ण गरि नेकपा माओवादी केन्द्रलाई बलियो बनाउन लागेको नगर सचिव राजेश थारु राज किरणले बताउनुभएको छ ।
३ महिने अभियानको प्रमुख अतिथि केन्द्रिय सदस्य अन्जना चौधरी रहनुभएको छ ।