बर्दियाको राजापुरमा नेपाली काङ्ग्रेशले भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ

बर्दियाको राजापुरमा नेपाली काङ्ग्रेशले भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरी, नेपाली काङ्ग्रेशका प्रमुख सचेतक तथा प्रदेश सभासदको उपस्थितिमा भेटघाट तथा छलफल गरिएको हो । संघीय तथा प्रदेश सरकारले आ.ब २०८०।०८१ को वजेटमा भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई उपेक्षा गरिएको भन्दै यो क्षेत्रको विकासका लागि विशेष पहल गर्न आग्रह गरिएको थियो । भौरा क्षेत्रको मुख्य समस्या नदीकटान, डुवान, जंगली जनावरको आतंक रहेको बताउदै मुख्य मन्त्री तथा प्रदेश सभासदको ध्यानाकर्षण गर्नु भएको थियो

बर्दिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार रेग्मीले पाटी सदस्यहरु विचलित भएको र हरेक क्षेत्रमा भौरा क्षेत्रलाई उपेक्षा गरेको देख्दा आफुहरु अभिभावक विहिन भएको महसुस गरेको वताउनु भयो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, पार्टी सभापतिहरुले आआफ्नो वडाका समस्याहरु राख्दै समाधानका लागि पहल गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रमलाई संवोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले भोरा क्षेत्रको समग्र विकासका लागि आफुले विशेष पहल गर्ने र आफुहरु प्रजातान्त्रिक व्यवस्थामा विश्वास गर्ने विपी कोइरालाका अनुयायी भएकाले सामान्य समस्या तथा अवरोधले विचलित नहुन पार्टी सदस्यहरुलाई अनुरोध गर्नु भयो । स्थानीय स्तरदेखि नै पार्टीलाई एक ढिक्का वनाउदै सुदृढ बनाउने काममा लाग्न अनुरोध गर्दै सबैसँग सहकार्य र समन्वय गरि अगाडि बढ्ने प्रतिवद्धता मुख्य मन्त्री चौधरीले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254